जुम्लामा अज्ञात रोगले बोयर जातका बाख्रा मर्दा व्यवसायी चिन्तीत

सागर परियार ।


अज्ञात रोगका कारण जुम्लामा व्यवसायीक रुपमा पालन गरिएको बोयर जातका बाख्रा धमाधम मर्न थालेका छन् । विगत एकहप्ता देखि बाख्रा मर्न थालेका हुन् । २०६४ साल देखि व्यवसायीक रुपमा बाख्रा पालन गर्दै आएका चन्दननाथ नगरपालिका ३ निवासी भक्त बहादुर कठायतका पाँच दिनभित्र ६ वटा बोयर जातका बाख्रा मरेका छन् । जसबाट करिब साढे दुई लाखको क्षती भएको उहाँले बताउनुभयो ।

प्रति बाख्रा करिब ५० देखि ६० हजार सम्म मुल्य बोयर जातका ६ वटा बाख्रा एकाएक मर्दा करिब साढे दुई लाख बराबरको क्षती भएको व्यवसायी कठायतले बताउनु भयो । उहाँले भन्नुभयो,“पाँच दिनमा ६ वटा बाख्रा मरिसके,अझै ६÷७ बाख्रा विरामी छन् । सम्भवत सबै मर्ने स्थितीमा पुगेकोले व्यवायनै धराप हुने चिन्ता लागेको छ ।” आबश्यक राहतका लागि पहल गरि दिन उहाँको आग्रह छ ।

पातलो दिशा गर्ने, काम्ने, रयाल निकाल्ने,जोक्राउने, जस्ता लक्षण देखिने केहि घण्टामै मर्ने गरेका छन् । भेटेनरी अस्पतालबाट गएको प्राविधिक टोलीले सुई लगाएर औषधी दिएपनि बाख्रा मर्ने क्रम नरोकिएको व्यवसायी कठायतले उल्लेख गर्नुभयो ।

बिमा नगर्दा, नत राहत पाइयो, नत व्यवसाय उत्थानमा केहि उपाय छ । बाख्रा पालन व्यवसायलाई निरन्तरता दिनका लागि आबश्यक सहयोग गर्न अपलि समेत गर्नुभएको छ । उन्नत जातको मानिने बोयर जातको भेडा एकाकए मर्दा कठायत चिन्तीत छन् ।

सडक मानवलाई राहत वितरण गर्ने क्रममा ३ नम्बरवडा सम्म पुगेका प्रमुख जिल्ला अधिकारी लगायत अन्यले भक्त बहादुर कठायतको बाख्रा अनुगमन तथा अवलोकन गरेका छन् । प्रअिज थापाले बिमा नगर्दा राहत नपाएपनि मुछुल्का गराएर सहयोगका लागि निवेदन दिएमा आबश्यक राहतका लागि पहल गर्ने बताउनुभयो । साथै भविष्यमा हुन सक्ने जोखिम बहनका लागि तत्तकालै बाँकी बाख्राहरुको बिमा गर्न समेत आग्रह गरिएको छ ।

प्रकाशित मिति : २०७७ पुष १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस