ढुङ्गा खस्दा कर्णाली राजमार्ग अवरुद्ध, एक घर भत्कियो

 

जुम्ला । सडक माथिबाट ठुलो ढुङ्गा खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । कर्णाली राजमार्ग कालिकोटको बालीघाटमा ठुलो ढुङ्गा खसेपछि सडक अवरोध भएको हो ।

सोमबार रातीबाट भएको वर्षा र हिमपातका कारणे बालीघाटमा सडक माथिबाट ठुलो ढुङ्गा खसेपछि कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।

सडकमा ढुङ्गा खसेपछि सवारी आवतजावतमा समस्या भएको बालिघाटस्थित छाप्रे प्रहरी चौकीका असई खगिराम थारु मगरले जानकारी दिनुभयो ।

वर्षातका कारण सडक माथिबाट खसेको ठुलो ढुङ्गाले सडक अवरुद्ध हुनाको साथै एक स्थानीयको घर समेत भत्किएको छ ।

सडक अवरुद्ध हुँदा जुम्ला सुर्खेत र सुर्खेत–जुम्ला आउने जाने ठुला तथा साना सवारी साधनहरूको रोकिएका छन् ।

ढुङ्गा पन्छाएर सडक सुचारु गर्न आवश्यक मेसिनसहित जनशक्ति बालिघाटतर्फ पठाएको सडक डिभिजन जुम्लाका प्रमुख लीला बहादुर भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार कर्णाली राजमार्गका भिर पाखामा अधिकांश समय सुक्खा पहिरो गइरहने भएकाले पनि हामी तयारी अवस्थामा हुन्छाँै । मेसिनसहित जनशक्ति गइसकेकाले केही घण्टामा राजमार्ग खुल्ने प्रमुख भण्डारीको भनाई छ ।

प्रकाशित मिति : २०७७ पुष २० गते सोमवार
प्रतिक्रिया दिनुहोस