
सागर परियार
जुम्ला । नौ महिनादेखि जुम्लाको ओडारमा बस्दै आएकी बेवारिस्से बृद्ध महिला संगै ४ जनालाइ उद्दार गरिएको छ । सडक मानवमुक्त कर्णाली प्रदेश घोषणाको कार्यान्वयन स्वरुप भईरहेको अभियान अन्तरगर्त बुधबार प्रशासनको समन्वय र चन्दननाथ नगरपालिकाको सहयोगमा बृद्ध महिला संगै ४ जनालाई बेवारिस्से सडक मानवलाई उद्दार गरिएको हो ।
विगत ९ महिनादेखि चन्दननाथ नगरपालिका ३ को गच्चु साँघु ओडारमा बस्दै आएकी दैलेख स्थायी घर बताउने बृद्ध महिला कमला कुमाई,चन्दननाथ नगरपालिका ९ निवासी पुनि तिरुवा,तातोपानी गाउँपालिका ५ निवासी बाहुनी लाटी र सिंजा गाउँपालिका निवासी घर बताउने प्रेमकली नेपालीलाई उद्दार गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताउनु भयो ।
उहाँले भन्नुभयो,“पुस १६ गते सडक मानवको तथ्यांक संकलन गरी सामाजिक विकास मन्त्रालय संगको सहकार्यमा उद्दार गर्ने तथा आश्रयका लागि सुर्खेत पठाउने निर्णय भए अनुसार पहिलो चरणमा ४ जनाको उद्दार गरिएको हो ।”
उद्दार गरी पठाएका चारजनै महिलाहरु मध्य एक जना स्पष्ट बोल्न नसक्ने र शारिरिक अपांग भएपनि अन्य तीन जना भने मानसिक समस्या भएका छन् । शारिक तथा मानसिक रुपमा अपांग भएका बेवारिस्से सडक मानवलाई सामाजिक विकास मन्त्रालयको समन्वयमा सुर्खेत स्थित मानव सेवा आश्रममा पठाइएको प्रजिअ भापाले जानकारी दिनुभयो ।
यदपी बृद्ध बेवारिस्से महिलाले ओडारबाट अन्त कतै नजाने बताउदै आएकी छन् । गाउँमा नजाने, वनमै बस्ने वनपाले हुने बताएपनि बढ्दै गएको चिसोले बृद्ध महिलाको उद्दारको विकल्प थिएन् । तर प्रशासनले बृद्ध महिलालाई मात्र नभई अन्य तीनलाई पनि पठाउने गरी समन्वय गर्दा चार जनाको उद्दार भएको डिएसपी माधव प्रसाद काफ्लले बताउनुभयो ।
चार जनालाई लिएर चन्दननाथ नगरपालिकाका विपद व्यवस्थापन संयोजक लक्ष्मीचन्द्र न्यौपाने सुर्खेत गएका छन् । उहाँका अनुसार मानसिक रुपमा समस्या भएका, कहिले गाडी नचेढको हुनाले चुनौतीका बाबजुत पनि सुर्खेत पुराउन गएको छु ।
राज्यको दायित्व र जिम्मेवारी अनुसार सडक मानवको उद्दारमा प्रहरी प्रशासन, नगरपालिका अटिएको चन्दननाथका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खडानन्द चौलागाईले बताउनुभयो । उहाँका अनुसार चार जना सडक मानवलाई सुर्खेत सम्म लिने सबै खर्च नगरपालिकाले व्यवहोरेको छ ।
भने, सुर्खेतमा बसोबासका लागि प्रशासनले समन्वय गरेको छ । अन्य सडक मानव भन्दा ९ महिनादेखि ओडारमा बस्दै आएकी बृद्ध महिलालाई उद्दार गरेर प्रहरी प्रशासन, नगरपालिकाले निकै प्रशंसनिय काम गरेको स्थानीय जानकी रावलले बताउनुभयो । उहाँले भन्नुभयो,“घरमा बस्न नमान्ने, सधै वनमा डुल्ने, कठ्यांग्रिदो चिसोमा ओडारमै बस्ने, चिसो बढेकाले केहि हुने हो की भनेर चिन्तीत थियौ । तर ९ महिनापछि उद्दार हुँदा ढुक्क भयौ ।”
पहिला ओडार छोडेर अन्त कतै नजाने बताई रहेकी बृद्ध कमला कुमाईले आफुलाई सुरक्षित स्थान पठाउन लागिएको भन्दै निबै खुसी भएकी थिईन् । बृद्ध महिला संगै अन्य तीनजना सडक मानव पनि आफ्ना उद्दार भई सुरक्षित ठाउँमा लिन लागेको भन्दै खुसी भएका छन् । कर्णाली प्रदेश सडक मानवमुक्त घोषणा भईसकेकोले गर्दा सडकमा बेवारिस्से देखिने सबैलाई उद्दार र राहतमा प्रहरी प्रशासन नियमित जुटिरहेका छन् ।