
जुम्ला ः सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिराला रेग्मीको आदेशमा पक्राउ गरेका नेता कार्यकर्ता निस्वार्थ रिहा गर्न नेपाल मजदुर किसान पार्टी जुम्लाले माग गरेको छ । बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेमकिपा पार्टीले रिहा गर्न माग गरेका हो ।
सुर्खेत मालपोत कार्यालयमा आर्थिक लेनदेन र भुनसिनमा काम हुने भन्ने जनगुनासोका विषयमा छलफल गर्ने क्रममा नेपाल मजदुर किसान पार्टी सुर्खेतका कोषाध्यक्ष गोविन्दनाथ योगी, सदस्यहरु गणेश खड्का, गगननाथ योगी, यमनाथ योगी र सिर्जु शाहीलाई धरपकट गरी पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सीडीको ठाडो आदेशमा छापामार शैलीमा पार्टी कार्यकर्ता माथि भएको धरपकट गरी नियन्त्रणमा लिएको घटना प्रति ध्यानाकर्षण भएको जिल्ला कार्यसमिति जुम्लाका कार्यबाहक अध्यक्ष राजेश्वर देवकोटाले हस्ताक्षर गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
भ्रष्टचारी मानवकिताबाट ग्रसित कर्मचारी तन्त्रले सरकारी नीति भन्दा पनि आफ्नो निजीस्वार्थका निम्ती गरिएको कुकार्य र जनताको काम भन्दा शुभलाभप्रति महत्व दिने गरेको क्रियाकलाप बन्द गर्न ध्यानाकर्षण गराउन्छौँ प्रेस विज्ञप्तिमा भनिएको छ ।