
जुम्ला ः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको उपकुलपतिमा डा. मंगल रावल नियूक्त भएका छन् । प्रतिष्ठानका उपकुलपति प्रा.डा राजेन्द्रराज वाग्लेको आइतबारदेखि कार्यकाल सकिएपछि डा. रावल कार्यबहाक उपकुलपतिमा नियूक्त भएका हुन् ।
चारवर्ष अघि नियूक्त भएका उपकुलपति प्राडा वाग्लेको आइतबारदेखि कार्यकाल सम्पन्न भएपनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा. रावललाई कार्यबहाक उपकुलपतिमा नियूक्त गरेको स्वास्थ्य मन्त्रालयको स्रोतले जनाएको छ । आजै (सोमबार) मन्त्रालयले उनलाई नियूक्ति पत्र उपलव्ध गराउदै छ ।
कर्णालीको हिमाली दुर्गम जिल्ला हुम्लामा जन्मेका डा. रावल विगत ६ वर्षदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत थिए । डा. रावल पछिल्लो समय अस्पताल निर्देशकको रुपमा काम गर्दै आएका थिए । हाडजोर्नी विशेषज्ञ चिकित्सक तथा एशोसिएड प्रोफेसर डा. रावलले प्रतिष्ठानको बृद्धि विकासका लागि निकै महत्वपूर्ण भुमिका खेल्दै आएका छन् ।
कर्णालीमा कोरोना संकरण रोकथाम तथा नियन्त्रणमा महत्वपूर्ण भुमिक खेल्दै आएका डा. रावल यस बर्षको प्रबल जनसेवा श्रीबाट विभूषित भएका हुन् । उनीसँग प्रतिष्ठानका चिकित्सक धिरज गुरुङ पनि विभूषित भएका थिए ।