जुम्ला ः जुम्लाको सिंजा गाउँपालिकाको नराकोटमा आँखा उपचार केन्द्र स्थापना गरिएको छ । गाउँपालिका र नेपाल नेत्रज्योती संघको समन्वयमा आँखा उपचार केन्द्र स्थापना गरिएको हो ।
गाउँपालिका अध्यक्ष देवलसिंह रावलका अनुसार आँखा उपचार केन्द्रमा काम गर्ने कर्मचारी र भवनको व्यवस्थापन गाउँपालिका स्थानीय सरकारले गरेका हो । उनले भने यस केन्द्रमा उपकरणको व्यवस्थापन भने नेपाल नेत्रज्योती संघले गरेको हो । तत्कालित आँ उपचार केन्द्र सञ्चालन गर्नका लागि गाउँपालिकाले आँखा उपचार सम्वन्धि दक्ष एक जना नायव सुव्वा स्तरको कर्मचारी व्यवस्थापन गरेको उनले बताए ।
संघीय संरचना अनुसार सिंजा भेग (तिला, हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिका) निर्वाचन क्षेत्र नम्बर (ख) पर्दछ । गाउँपालिका प्रव क्ता तथा वडाध्यक्ष नविन शर्माका अनुसार यहाँका नागरिक आँखा उपचारका लागि लामो दुरीमा रहेको जुम्लाको सदरमुकाम निर्वाचन क्षेत्र नम्बर (क) खलंगास्थित आँखा उपचार केन्द्रमा उपचार गराउदै आएका थिए ।
नजिककै आँखा उपचार केन्द्र सञ्चालनमा आएपछि यहाँका जेष्ठ नागरिक तथा आँखा सम्वन्धी विरामी भएका व्यक्तिले नजिकै उपचार पाउने भएका छन् । विशेष गरी यो आँखा उपचार केन्द्रमा हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकाका नागरिकलाई सहज हुने भएको वडाध्यक्ष शर्माले बताए ।
जुम्लाको सिंजामा आँखा उपचार केन्द्र स्थापना
प्रकाशित मिति : २०७७ फाल्गुन २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस