सागर परियार ।
जुम्लामा प्रथम अन्तर पालिकास्तरीय समन्वययात्मक फुटसल प्रतियोगिता शुरु भएको छ । संघियता कार्यान्वयनको साढे तीन वर्ष पुरा भएको अबसरमा स्थानीयतह बीच एक आपसमा सहकारिता,सद्भाव,समन्वय,सहकार्य र सह अस्तित्व
कायम गर्न जनप्रतिनिध र कर्मचारी बीच फुटसल प्रतियोगिताको आयोजना गरिएको हो ।
प्रतियोगितामा जुम्लाका आठ स्थानीयतहका १४ वटा टिमको सहभागिता रहेको छ । जसमा ९ वटा कर्मचारीको टिम छ । भने ५ वटा जनप्रतिनिधिको टिमले प्रतियोगितामा सहभागिता जनाएका छन् । गुठिचौर,कनकासुन्दरी र हिमा गाउँपालिकाका जनप्रतिनिधिको टिमले भने सहभागिता नजनाएको आयोजक कर्णाली फुटसल एण्ड स्पोर्ट हव जुम्लाका सचिव प्रकाश शाहिले बताउनुभयो ।
आईतबार पहिलो दिन चार खेल सम्पन्न भएका छन् । जसमा शुरुवातको खेलमा तातोपानी गाउँपालिकाको कर्मचारी टिमले १ गोलका विरुद्ध १० गोल गरेर कनकासुन्दरी गाउँपालिकाको कर्मचारी टिमलाई पहिलो चरणमै हराएको छ । पहिलो दिन सम्म चार वटा खेलमा सबैभन्दा बढी गोल गर्नेमा तातोपानीको कर्मचारी टिम रहेको रेफ्री भुवन खड्काले जानकारी दिनुभयो ।
जनप्रतिनिधि र कर्मचारी बीच पहिलो पटक भएको फुटसल प्रतियोगिताले जुम्लामा अन्तरपालिकाको सम्बन्ध मजबुद हुने आशा गरिएको छ । सिंजा गाउँपालिकाका अध्यक्ष देवलसिंह रावलले स्वास्थ्यका लागि पनि खेल आबश्यक पक्ष भएकोले प्रतियोगितामा खुसीका साथ सहभागि हुने बताउनुभयो ।
खेलमा हार जीत हुने एक प्रक्रिया भएको भन्दै सहभागिता नै ठुलो कुरा हुने उल्लेख गर्नुभयो । पहिलो दिन आज कर्मचारीहरु बीचको ४ खेल सम्पन्न भएको छ । भने, सोमबार जनप्रतिनिधिहरु बीच फुटसल प्रतियोगिता हुने आयोजक टिमले जनाएको छ । अन्तरपालिका बीचका जनप्रतिनिधिहरु बीच फुट्सल हुने प्रतियोगिता हुने कुराले जनप्रतिनिधि तथा कर्मचारीहरु उत्साहित भएका छन् ।
संघियता सफल कार्यान्वयनको उपलक्षमा आयोजित फुटसल प्रतियोगिताले जुम्लाका जनप्रतिनिध,कर्मचारीबीको आसपी सम्बन्ध मजबुद सहअस्तित्व कायम रहेको सन्देश दिने आशामा जुम्ली जनप्रतिनिधि रहेका छन् ।
यो समचार तयार पारुन्जेल सम्म आईतबार पहिलो दिन सम्पन्न बाँकी ४ ३ खेलको विवरण भने आउन बाँकी रहेको थियो ।