कर्णाली पोष्ट संबाददाता ।
आइतबार तातोपानी गाउँपालिका र पातारासी गाउँपालिकाको कर्मचारी टिम बीच भएको खेलमा तातोपानी गाउँपालिकाले जितेको स्वयम आयोजकलेनै घोषणा गरेको थियो । तीन जना रेफ्रीमध्य दुईजना रेफ्री र आयोजकलेनै तातोपानीको कर्मचारी टिमको जीत भएको घोषणा गरेको हो ।
तर आयोजकले विजयी घोषणा गरिसकेको तातोपानीको कर्मचारी टिमलाई भने सोमबार विहान एकाएक पुन पातारासीकै टिम संग परामर्श गर्न र पुन रि म्याच खेल्न भनेपछि तातोपानीका कर्मचारी खेलाडीले अचम्मीत हुदै विजयी घोषणा भईसक्दा पनि फेरी किन खेल्ने ? किन पातारासी संग छलफल गर्ने ? भन्दै आयोजकले नियमत पुर्ण ढंगबाट तातोपानीको कर्मचारी टिमलाई हराएको तातोपानीका कर्मचारी टिमका संयोजक मिलन बुढ्थापाले बताए ।
पातारासी र तातोपानीको विजयीको निष्कर्षनै नगरी आयोजकले अर्को टिमलाई फाईनल खेल्न लगाएको र आफ्नै निर्णय कार्यान्वयनमा आयोजक चुकेपछि सत्य बुझेर कारबाहि गरिपाउ भनेर फुटसल कोणमै तातोपानीका खेलाडीले प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापालाई निवेदन दिएका छन् ।
आफै विजयी घोषणा गर्ने,आफै फेरी हारेको टिम संग खेल्नु पर्छ भन्ने,बिवाद नटुंगीएकै अर्को टिमलाई फाइनल खेल्न लगाउने आयोजकको मनपरी प्रति तातोपानीका कर्मचारी खेलाडी असन्तुष्त व्यक्त गरेका छन् । विजयी घोषणा भइसकेको अबस्थामा पातारासीको टिम संग आयोजकले भने अनुसार छलफल गर्नुपर्ने आबश्यकतानै नरहेको तातोपानीका कर्मचारी टिमको भनाई छ ।
लामो छलफलपछि अन्ततःआयोजकले अघिल्लो दिन विजयी घोषणा गर्नुनै गलत भएको कुरा गलत भएको आयोजकले स्वीकार गरेको छ । तातोपानीका कर्मचारीको खेलको उच्च मुल्यांकन र प्रशंसा गर्दै कर्मचारी तथा जनप्रतिनिधिको टिम दर्ता शुल्क फिर्ता गरेर माफी मागेको टिमका संयोजक बुढ्थापाले उल्लेख गरे ।
तातोपानीका कर्मचारी टिमलाई विजयी घोषणा गरिसकेको अबस्था नियतबस तरिकाले खेलबाट हटाइएको प्रति प्रशासनलाई दिएको निवेदनमाथि यथाशिघ्र छलफल गर्न समेत माग गरिएको छ । आगामी दिनमा हुने सबै आयोजनामा तातोपानीले सहभागिता जनाउने र आयोजकले परिपक्कताका साथ प्रतियोगिताको आयोजना गर्न समेत सुझाब दिएका छन् ।
आइतबारको पहिलो खेलमा तातोपानी गाउँपालिकाको कर्मचारी टिमले १ गोलका विरुद्ध १० गोल गरेर कनकासुन्दरी गाउँपालिकाको कर्मचारी टिमलाई पहिलो चरणमै हराएको थियो । तर एकजना रेफ्रीले भने पातारासी र तातोपानीको कर्मचरी टिमको अन्तिम खेलमा तातोापानीको खेलाडीको फल भएको बताएका छन् ।
यता कर्णाली फुटसल एण्ड स्र्पोट हबका अध्यक्ष निर्पराज भारतीयले आयोजकले अघिल्लो दिन विजयी घोषणा गर्नु र सोमबार तातोपानीका खेलाडीले खेलमैदान छोडेर खेल्दैनो भनी जानुलाई दुबैपक्षले आआफ्नो गल्ती स्वीकार गरेको बताए ।
साथै तातोपानीको जनप्रतिनिधि टिमले आफ्नो दर्ता शुल्कनै लिइसकेको हुँदा द्धित्तिय पुरस्कार लिने कुनै आधार नरहेको समेत अध्यक्ष भारतीले जानकारी दिए । तर यता तातोपानीका खेलाडीले भने खेलमैदान छोडेर नगएको र विहान ९ बजे हुने खेल दिउसो २ बजे सम्म पनि नभएपछि खाना खान गएको बेला पातारासी र तातोपानी बीच को विजयी भयो भन्ने निष्कर्ष बिनै तिला र चन्दननाथको टिमलाई फाइनल खेल खेलाएको प्रति असन्तुष्ट व्यक्त गरेका छन् ।
पुन ः फुटसल प्रतियोगिताको पहिलो शुरुवा र सिकाई भएकोले आगामी दिनमा सच्याउदै खेल क्षेत्रलाई निस्पक्ष बनाउने प्रतिबद्धता आयोजकको छ ।
साथै, तर उपविजेता भएको तातोपानी गाउँपालिकाको जनप्रतिनिधि टिमले भने कुनै पुरुस्कार लिएको छैन् । आयोजकले आइतबारको खेलमा पातारासीलाई हराउदै तातोपानीको कर्मचारी टिम विजयी घोषणा गरेपनि कार्यान्वयन नगरेर तातोपानीलाई हराउन खोजेपछि जनप्रतिनिधिको टिमले पनि पुरुस्कार बहिस्कार गरेको तातोपानी ३ का वडाध्यक्ष डिल्ली रावलले बताए ।