पत्रकार महासङघलाई गैर पत्रकार र दलिय हस्तक्षेपबाट मुक्त गर्नुपर्छ

                                 नरेन्द्रनाथ योगी

नेपाल पत्रकार महासङघको विधानको प्रस्तवाना र विधानको मुल उद्धेश्य लोकतन्त्र, नागरिकका मौलिक हक तथा अधिकार निष्पक्ष भएर रक्षाको पक्षमा वकालत गर्नु र खोसिन लागेका नागरिकका हक र अधिकारको सुरक्षाका लागि राज्य वा सरकारलाई खवरदारी गर्नु हो । नेपालमा लोकतान्त्रिक व्यवस्था स्थापना भएकाले नागरिकका हक अधिकार मात्रै होईन ।पुर्ण प्रेस स्वतन्त्रतताको वाहालीको लागि वकालत गर्नु पर्छ । यो पत्रकार तथा सञ्चारकर्मिहरुको पक्षमा आवाज उठाउन स्वतनत्र साझा सस्था हो । यसले नागरिकका हक अधिकारको वकालत मात्रै गर्दैन, समाजमा लुकी छिपि रहेका राज्य र गैर राज्य पक्षका राम्रा र नराम्रा पक्ष वा कृयाकलापहरुको सुक्ष्म विश्लेषण गरेर समाचार सार्वजकि गर्ने गराउने गर्दछ । त्यति मात्रै होईन, राज्य वा अन्य कुनै पक्षको कृयाकलाप वा गतिविधिले नागरिकका मानवियता र मानव अधिकारको उल्लङघन गरेको अवस्थामा पनि त्यसको पक्षमा आवाज उठाउने वा उल्लघन गर्ने पक्षलाई खवरदारी गर्ने गराउने काम प्रेस स्वतन्त्रता अन्तर्गत रहेर यस महासङघले गर्दछ । पत्रकार महासङघ नेपाली पत्रकारिताको साझा विचार र स्वतनत्र अभिव्यक्ति प्रकट गराउने र पत्रकार तथा नागरिक स्वतन्त्रतताको रक्षाकवज हो । नेपालको बदलिदो राजनैतिक परिस्थिति अनुसार नेपाल पत्रकार महाङघ विभिन्न राजनैतिकको वैचारिक र सैद्धान्तिक अभ्यास गर्ने साझा चौतारी हो । राजनैतिक विचारहरुको अभिव्यक्त गर्ने साझा थलो बन्न सक्नु पर्छ ,तर दलहरुको निर्देशित वा गाईडेट सस्था बन्नु हुदैन । यस्को निर्भिकता, तथस्टतता,स्वतन्त्रतता नागरिक अधिकारको पक्षमा केन्द्रित हुनु पर्छ । पत्रकारहरुको नेतृत्व गर्ने पत्रकार महासङघमा विभिन्न दलहरुका पत्रकार सगठन आवद्ध हुनुले निश्चित रुपमा महासङघमा यो वा त्यो ढङगले राजनैतिक हस्तक्षेप भएको छ । त्यसका शिकार पत्रकार महासङघ यो वा त्यो ढङगले भए कै छ । त्यसको प्रत्यक्ष प्रभाव नागरिकमा परेको छ । यसको नियन्त्रण गर्ने काममा महासङघ स्वतन्त्र र निष्पक्ष हुनु पर्छ ।
अब पत्रकार महासङघ अन्तर्गत रहेका पत्रकार तथा सञ्चारकर्मिहरुले समाजमा लुकी छिपी रहेका तथ्यगत विषयहरुको उजागर गरि निष्पक्ष तथा तस्थट भएर समाचार सप्रेषण तथा आवाज उठाउने पहरेदारको रुपमा काम गर्न सक्नु पर्छ । अब पार्टी पत्रकारिता होईन,समाज र जनताको आवाज तथा समस्या केन्द्रित भएर कलमजिवीले कलम तिर्खानु पर्छ । दलिय आधारमा गठित पत्रकार सगठनहरु विघटन गराउने वातावरण पत्रकार महासङघ आवद्ध पत्रकार तथा सञ्चारकर्मिहरुले गर्ने कठार सघर्ष गुर्नु पर्छ । त्यति मात्रै होईन ,सरकार वा राज्यले पत्रकारहरुको छुटैट कानुन निमार्ण गरेर आम सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मिहरुको पहिचान गरि उनीहरुलाई राजनैतिक दलहरुमा आवद्ध हुन नपाउने आचारसहिता बनाउनु पर्छ । त्यस्तै प्रकारले सञ्चारकर्मिकरुको हक हित,सेवा सुविधाको पनि राज्यले नै ग्यारेन्टी लिन सक्ने कानुनको निमार्ण गर्नु पर्छ । पत्रकार वा सञ्चारकर्मिहरुलाई समाजका साध्य नबनाएर साधन बनाउनु पर्छ । उनीहरुलाई कुनै पनि दलहरुको प्रवक्ता होईन समाज र राज्यको सेवक वा हल्कारा बनाउनु पर्छ ।
पत्रकारहरु समाजका ऐना वा आर्षा हुन ।कुनै पनि मुलुक वा विश्व सवै निकाय वा राज्यको सरचना निष्कृय वा सकटमा परेको कठीन भन्दा कठिन अवस्थामा पनि यो सस्था मात्रै सकृय रहनु पर्छ ।यस महासघले समाज, नागरिक र राज्य वा सरकारका् पक्षमा आवाज उठाउने र वकालत गरि रहने कृयाशिल यो साझा सस्था हो भन्ने आम नागरिकलाई विश्वस्त बनाउने भुमिका तर्फ पत्रकार महासङघ र पत्रकारहरु तयार हुनु पर्छ । यो सस्थाले राज्यको चौथा अङग वा ससदको रुपमा िदेखिने कार्यशैले पत्रकारले गर्नु पर्छ । पत्रकार महासङघ समाज र राज्यको ऐना वा सवाहक हो । अनि यो आम नागरिकको सच्चा पहेरेदार हो । यी सबै मर्म , उद्धेश्य,निति तथा सिद्धान्तलाई यो वा त्यो तरिकाले भुलेर नेपाली पत्रकारीता क्षेत्र अहिले राजनैतिक दलहरुको झुण्ड वा भातृ सगठन बनेको देख्दा यो पक्तिकार स्वयम् दुःखी छु । यो आपत्तीको विषय पनि हो । पत्रकारिता क्षेत्र उपरको दलहरुको हस्तक्षेपले नेपाली पत्रकारिता कुनै न कुनै दलहरुको मुख पत्र बनेको पाईन्छ । यो वा त्या तरिकाले म पनि राजनैतिक दलहरुको शिकार बनेको स्वीकार गर्दछु । तर यो कार्यशैलीले महासङघको उद्धेश्य पुरा हुदैन । अरु पत्रकार तथा सञ्चार जगतले पनि स्वीकार गर्न सक्नु पर्छ । अनि स्वयम्ले आत्म आलोचना गर्न सक्ने सस्कारको विकास गर्नु पर्छ ।
नेपालको सन्दर्भमा २०६१ साल १९ गते राजा ज्ञानेन्द्र शाहले सवैधानिक राजतन्त्रको मर्म र उद्धेश्यको सिमा नाघेर प्रजातन्त्रलाई आफनो हातमा लिई राजनैतिक दलहरु तथा नागरिक अधिकार माथि निरङकुशता लादने कुटिल चालका साथ प्रजातन्त्र माथि कु, गरेको अवस्थामा नेपाल पत्रकार महासङघ त्यसको विरुद्धमा देशैभर राजनैतिक ,मौलिक हक अधिकार र नागरिक स्वतन्त्रता र अधिकार पुनः वाहालीको लागि आन्दोलनमा शसक्त रुपमा कु, को विरुद्ध सडकमा उत्रिएको थियो । त्यस्तो डर त्रासपुर्ण कहाली लाग्दो अवस्थामा पनि जुम्लामा राजा ज्ञानेन्द्र शाहको कु, का विरुद्धमा सबै भन्दा पहिले म पक्तीकारको नेतृत्वमा पत्रकार तथा नागरिक समाजको सहयोग र समर्थन लिई जुम्लाको विजयनगरबाट जुलुुस निकालि बजार परिक्रमा गर्दै प्रजातन्त्र र नागरीक अधिकार पुनः थापनाको लागि आवाज उठाएको इतिहास छ । त्यस्तै गरि सो समयमा दन्द्धरत (गैर राज्य÷ने.क.पा माओवादी ) पक्ष र राज्य पक्ष सँग सन्तुलित भएर २०६१÷०६२ पत्रकार महासंघ जुम्ला शाखाको स्थापना भएको हो । त्यो समयमा एकातिर पत्रकार महासंघको ईज्जत बचाई पत्रकारहरुको रक्षा र सुरक्षा गर्नु पर्ने अवस्था थियो भने अर्कोतिर दन्द्धरत पक्षका सुन्नै पर्ने वाध्यात्मक अवस्था थियो । यस्तो अवस्थामा स्थापना भएको महासंघको ईज्जत आज पनि बचाउनुपर्ने अवस्था छ । त्यो समयमा दन्द्धरत पक्षद्धारा घटाइएका हरेक घटनामा आपत विपतमा परेका जनताको रक्षमा वकालत गर्नुपर्ने त्यो विषम परिस्थितिमा नेपाल पत्राकार महासंघ जुम्लाको स्थापना भएको आम नागरिक तथा नव प्रवेशी पत्रकार मित्रहरुलाई यसै आलेखद्धारा जानकारी म आफुलाई गौरवान्तीत ठान्दछु ।
हाल पत्रकार महासंघ जुम्ला शाखाले ५ कार्यकालको अवधि बिताई सकेको छ । ती ५ कार्यकालमा महासंघलाई आजको अवस्थासम्म ल्याई पुराउन म सँस्थापक अध्यक्षः नरेन्द्र नाथ योगी, उपाध्यक्ष विष्णु तिमिल्सीना, कर्ण भण्डारी, स्वर्गिय महिला पत्रकार गौरी,कठायत भिम कसिङगर केवि जुम्ली लगायत पत्रकारहरुको थुप्रै कठिन प्रयासहरु रहेका छन् । त्यो समयमा विभिन्न प्रकारका आरोह अवरोह, आरोप प्रतिआरोप जस्ता दुःख कष्ट को विबेचना गरि नसक्नु छ । आजका दिनहरुमा पनि यस्तै कष्ठसाध्य अपनाएर खुला परिस्थितिमा अब विगय हुने समुहले गर्न सक्नु पर्छ ।
अहिले पत्रकार महासंघको ६६ औअधिवशनमा जुम्लााले छैठौँ कार्यकालमा प्रवेश गर्दैछ । यो कार्यकाल शुरु हुनु अगाडि पत्रकार महासंघको गत चैत २५ गते निर्वाचनको लागि सर्व सम्मत साझा सहमतिको उम्मेदवार त्यो नभए सर्व पक्षिय उम्मेदवार तयार गरी महासंघलाई साझा रुपमा अगाडि लैजान विभिन्न पत्रकार संगठनहरुसँग छलफल बहस, अनौपचारिक तथा औपचारीक बैठकहरु भएका हुन । साझा उम्मेदवार वा सर्वपक्षीय शाखाका उम्मेदवार प्राविधिक कारणले टुटेर महासङघका लागि २ समुहमा विभाजित भए पछि म पत्तीकार र मेरो पत्रकार सगठनले जोखिमपुर्ण निर्णय लिनु पर्दा ,यस वेला पनि मैलै थुप्रै अनाहकका आरोप,प्रतिआरोप खेप्नु परेको थियो ।मैलै ईतिकासमा कसैसँग पनि लेनदेन वा साझौदावाजी गर्न जानिन र मेरा आत्माले पनि त्यसो गर्न मानेन ।मैलै सर्वसम्मत र सर्वपक्षयि साझा उम्मेदवारका लागि दिएको वचनको यो वा त्यो ढङगले दुरपयोग हुन पुग्यो । त्यो दुरपयोग भएको अनौपाचारिक वचनको पक्षमा मेरो असहमति रहदा मैले धाका र धोकेवाजको पगरी पत्रकार साथीहरुबाट यो वा त्यो कोणबाट पाए । त्यो मेरो लागि एक प्रकारको चुनौती र अवसर पनि थियो । पार्टी भित्र र बाहिर मैले जिल्लामा आलोचना र अपमान सहनु परेको थियो । यस्ता थुप्रै, अवसर,चुनौती,धाका,अपमान , मिथ्या आरोप प्रतिआरोप पनि महासङघको स्थापना र हालसम्म पाउ कै छु । यस्ता कठिन साध्य आरोप र प्रतिआरोपलाई मलाई शसक्त र बलियो बनाएको छ । त्यति मात्रै होईन, मैले सही सत्य र अनयायमा परेको पक्ष र नेतृत्वको पक्षमा लाग्दा मेरो सस्थापन पार्टीको नेतृत्वले मेरो विरुद्ध अफावह पार्टी भित्रै फेलाईए तर म आजसम्म रतीभर म डकमगाएको छैन । अझ मेरो विरद्ध थुप्रै तथ्य हिन आरोप र लान्छना लगाउने मेरो प्रतिपक्ष साथीहरु लागुन । म उनीहरुलाई मुरी मुरीको धन्यवाद दिन पाई राखु । भनिन्छ लोहालाई जति पिटे पनि राम्रो स्पातीलो हतियार बन्छ म त्यस्तै बन्न चाहन्छु । सुनलाई कसीमा जति माझे वा लगाए पनि सुन सनै भएर आउन्छ । मैलै मेरो जिवन त्यस्तै गरि विताउन चाहेको छु ।
राजनैतिक दलहरुको प्रत्यक्ष अप्रत्यक्ष रुपमा परेका पत्रकार गठन उपरको हस्तक्षेप र खिचा तानी तर्क वितर्क, बिद्यानगत समस्या, कार्यविधि निर्देशिका र निर्देशन एवम विभिन्न स्वार्थका कारण साझा सहमति कायम हसन सकेन हुन नसके पछी म उपर झण्डै ४० बर्ष देखि परेको बामपन्थी प्रभाव, चरित्र र स्वभावलाई कायम राख्ने अन्तरमनले पत्रकार महासंघको २५ चैत २०७७ मा भएको निर्वाचनमा बामपन्थी, प्रगतिशिल, समाजवादी, क्रान्तिकारी समुह बनाइ अगाडि बढ्ने सोच मेरो बन्यो । मैले यसै समुहबाट राष्ट्रिय परिषदको केन्द्रिय सदस्यमा उम्मेदवारी दिए ।
महासंघको विधि, विद्यान, निति र निर्वाचनको लागि बनेको कार्यबिधि तथा निर्देशिका अनुरुप लोकतान्त्रिक प्रकृया अनुसार २०७७, चैत्र २५ मा देशैभर पत्रकार महासंघ निर्वाचन भएको छ । जुम्लामा पनी सोही प्रकृया र विधि, विधानलाई टेकेर महासंघको निर्वाचन भयो। सिद्धान्ततः यो प्रकृया प्रति मेरो सहमति छ ।
केन्द्रिय स्तरमा महासंघको निर्वाचनको सम्बन्धमा समिकरण अस्पष्ट भएको, चारैतिर समिकरणहरु जिल्ला र प्रदेशमा निहित स्वार्थका कारण तोडिएको, एकले अर्काको अस्तित्व स्विकार नगरी मनमौजि तरिकाले गर्न थालेपछि यस्तो गञ्जागोले समिकरणले राष्टिय राजनितिको समिकरण वा परिस्थतिलाई असर पर्ने देखियो । त्यस्तो असरहरु जिल्ला र प्रदेशको राजनितिमा नपरोस् भन्ने उद्देश्य राख्दै जुम्ला जिल्लामा बामपन्थि, प्रगतिशिल, समाजवादि, क्रान्तिकारी तथा लोकतान्त्रिक समुह तयार पारि अगाडि बड्ने रणनिति तयार गरिएको पक्का हो । अर्काेतिर मैले विगतमा पत्रकार महासंघ स्थापनाका लागि खेलेको भुमिका अहिलेको भुमिकालाई समिक्षा गर्दा राजनितिक सन्तुलन कायम गर्नै उद्देश्यले क्रियाशिल पत्रकार नेत्रबहादुर शाहिको प्यानलमा म र मेरो संगठनले सहकार्य गरी बामपन्थी प्रगतिशिल तथा समाजवादी समुह बनाइएको छ । नेत्र बहादुर शाहीको पुरै प्यानललाई जुम्लाका सम्पुर्ण पत्राकारहरुले आफ्नो अमुल्य मत दिई वि बनाए । मेरो ज्येष्ठ उम्मेदवारीलाई स्विकार गरि पत्रकार साथिहरुले मलाई पनि विजय बनाए । मेरो उम्मेदवारी प्रतिगनको विपक्ष र अग्रगमनको पक्षमा थियो । म अझै भन्छु लोकतान्त्रिक विधिमा खडा भएका लक्ष्मी प्रसाद देवकोटाको समुह साच्चै नलडेको भए कडा प्रतिस्पर्धाका साथ नेत्र शाहीको समुह विजयी हुने थिएन । लोकतन्त्रको अभ्यास हुने थिएन । यो अर्थमा पनि देवकोटाको समुहलाई यस आलेखबाटै धन्यवाद ।अनि नेत्र शाहीको समुहलाई विजयी भएकोले बधाई दिन्छु । अब विजयी नेत्र बहादुर शाहीको समुहलाई सबै पत्रकारलाई मिलाएर महासङघलाई साझा रुपमा लैजान चुनौती र अवसर दुबै रहेका छन् । वास्तविक रुपमा पत्रकार महासङघले देशैभर गैर पत्रकार र पार्टीगत पत्रकारबाट मुक्त गराओस । अन्त्यमा पत्रकार महासङघ जिन्दावाद । गरै पत्रकारहरुलाई कुनै न कुनै मिडियाका आवद्ध गराउन यो विजय पत्रकार महासङको नेतृत्व सफल होस । नयाँ बर्ष २०७८ मा सम्पुर्ण पत्रकार ,नागरिकर्मि र अधिकारकर्मि लगायत आम नागरिकलाई सुख,समृद्धी प्रगतिको शुभकामना ।

नरेन्द्रनाथ योगी
मो ,नः ९८६७८६८७८७

 

प्रकाशित मिति : २०७८ बैशाख ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस