आजको वहस : राज्यका लागि प्रविधि

विश्वमा कनै पनि राज्य निर्माणका लागि भुगोल,जनसंख्या,सिमा र सरकार हूनंै पर्ने आवश्यक तत्वहरु हुन् । २१ औं शताब्दी विज्ञान र प्रविधि विकासको युगले विश्वलाई प्रविधि मैन्त्री बनाउन खोजेको छ । यो युगमा सबैं भन्दा बढी प्रयोग हुने विद्युतिय (डिजिटल प्रविधि जस्तै ः स्टाग्राम, टिकटक, एआई, फेशवुक, जिपिटी च्याट, अलगोरिदम, डार्क पि.आर, अनलाईन मिडियाँ, विविध प्रकारका गुगुल, टाटा स्टोरज, एप्स, मनिटाईजेशन आदि । यी सबै मानवद्धारा निर्मित श्रमको रुपान्तरण हो । अनि आधुनिकताको विकास पनि हो । आज यसैद्धारा एक आपसमा प्रतिस्पर्धा शुरु भएको छ । एक समयमा अणु प्रमाणुले विश्वमा तहल्का मच्चाए कै हो ।

यसैको आधारमा विकसित प्रविधिले विश्वलाई अहिले यो वा त्यो ढगंले चलाएको छ । यस्ता सबै प्रगति र विकास औंद्योगिक क्रान्तिको पछि हुँदै आएका हुन् । अहिले विश्वका मानिसहरु यसैको सेरोफेरामा घुमि रहेका छन् । प्रविधिको तिब्र विकास र प्रयोगलाई न राक्नु सकिन्छ, न त ईन्कार । यसको प्रयोग दिन प्रति दिन बढी रहेको छ । प्रविधिको प्रयोग आजभोली मानव समाजको लत (हयाविट) नै बनेको छ । अनि यो विश्व समाजका लागि छिटो र भरपर्दा साधन बनेको छ । यो अध्ययन, अनुसंन्धान, प्रचार प्रसार तथा ज्ञानको मुख्य माध्यम बनेका छ । आजभोली यसैद्धारा पढाई, लेखाई र राजनिति एवम् हरेक प्रतिस्पिर्धा हुन्छ । युद्ध र खेलमा पनि यसको प्रयोग भएका छ । मानव समाजमा बहुप्रतिभाको विकासका लागि यसको उपयोग भएको छ । प्रविधिको यो विकासले मानव श्रमलाई विस्थापित गरेको छ । जसले श्रममा वेरोजगारी बढेको छ । यसले मावन समाजको स्वास्थ्य उपचारदेखि मानव सुरक्षा तथा रबोर्ट जस्ता प्रविधिको विकासले घरघरायसी काम र युद्धमा समेत यसको प्रयोग भएको छ । जसले गर्दा मानिसलाई अनिवार्य रुपान्तरित हुन एकातिर वाध्य बनाएको छ भने अर्को तिर नयाँ नयाँ कामको खोजी र विकल्प खोज्न बाध्य बनाएको छ ।

आज एआई तथा टासेलेटले मानव समुदायको बौद्धिक करेक्शन (जाँच) गरेको छ । एआई, अलगोरिदा, डार्क पिआर, टिकटक जस्ता प्रविधिले ठिकलाई वेठिक र वेठिकलाई ठिक बनाउदै चुनाव, सरकार वा सत्तामा ठुलो उथलपुथल गरेको पाईन्छ । सानोलाई ठुलो र ठुलोलाई सानो बनाउने खेल एआईले बनाएको बर्तमान विकसित युगमा प्रविधि नै सर्वेसर्वा भएको छ । मानव समाजमा यसले अध्ययनदेखी भाषण, लेखनकला तथा सरकारमा समेत ठुला प्रभाव पारेको छ । यसले ई. गर्भरमेन्स र डिजिटल विगनेश जस्ता कार्यमा प्रयोग भएको अवस्थामा यसको कानुनी औचीत्य बारे मानव समाज अर्थात सरकारी निकायहरु गम्भिर हुनै पर्छ ।


मानिसको काम प्रविधिले गर्न थाले पछि मानव समुदाय थप चिन्तामा मात्रै परेका छैनन्, अल्छि, वेराजगारी र सुविधाभोगी (सुविधामुखी) भएका छन् । यस्ता प्रविधिको वेजोड् विकासले आजको युग सजिलो भएको छ भने अर्को तिर विकास विकास वीचको प्रतिस्पर्धाले कतै विनास हुने त हैन भन्ने चिन्ता बढाएको छ । विकासले विनास पनि गराउन्छ भन्ने शिक्षा प्रथम् र दोस्रो विश्व युद्ध (१९१४. १९४५) बाट लिन सकिन्छ । जेन जी १९९७ देखि २०१२ सम्म जम्मिए हो । सन २०१८ मा स्डिनमा जलवायू परिवर्तनको पराएको असरका विरुद्ध यो पुस्ताले आन्दोलनको शुरुवात भएको हो । त्यस पछि सन २०२० मा अमेरिका कालाजाति माथि गरिएको दमन र अन्याय विरुद्ध, त्यस पछि युवाहरुले सन २०२४ जुनमा कन्यामा भएको हिंसात्मक आन्दोलन (यसमा ६५ जनाको मृत्यु), त्यस पछि यस्ता आन्दोलन विश्व भर फैलिएको छ । सर्वियामा २०२४ देखि सेप्टेम्बर २०२५), माली (२०२५ देखि को मध्यसम्म), फान्समा (२०२०२५ को मध्य (युक्रेन) (जुलाई २०२५), (स्लोभाकिया) डिसेम्बर २०२४ मे देखि २०२५), अमेरिका (फेब्रअरीदेखि अप्रिल २०२५), ईरान (मे २०२५ वगंलादेश (अप्रिल २०२५) र इन्डोनेसियामा २५ अगस्त २०२५ मा सांसदहरुले पाउने भत्ता लगायत विसंगति र विलाशितापुणर््ा भत्ता, सुविधा तथा आर्थिक असमानता विरुद्ध युवाहरुले आन्दोलन गरिको पाईन्छ ।, नेपालमा पनि २०८२ भाद्र २३ र २४ गते फेसबुक, ईस्टाग्राम, हट्सप, एक्स, द्धिटर, युटुव, टिकटक लगायत २६ वटा सामाजिक सन्जाल बन्दको वाहाना बनाई यसका विरुद्धमा जेन जीहरुले गरेका आन्दोलनहरु प्रविधि कै चमत्कारी उदाहरण दिई सकेको छन् । त्यसैले यसको सदुपयोग सही (अधिकतम हित्) रुपमा मानव समाजको कसरी गर्ने र व्यवस्थित रुपमा सुरक्षाको विषयमा बढी गम्भिर हुनु पर्ने आज पनि त्यतिकै आवश्यक छ । यसको प्रयोगले विश्व समाजको रुपान्तरण गराउने अहम भुमिका खेलेको मात्रै छैन । पुस्तान्तरणमा समेत चुनौती थपेको छ ।

त्यति मात्र होईन यसले विश्व राजनिति, विभिन्न देशको व्यवस्था परिवर्तन लगायत निति निर्माणमा ठुलो प्रभाव गरेको पाईएको छ । जन चेतना, ज्ञान, शिक्षा, विविध प्रकारका प्रविधिको विकास, अनुसन्धान, सिप, कला, बन्द व्यापार, रोजगार तथा आम संञ्चारका साधन श्रोतहरुमा ठुला ठुला उथलपुथल ल्याएको छ । यसले आन्दोलन, परिवर्तन तथा बौद्धिक विकासमा योगदान गरेको पाईएको छ । जस्तै नेपालमा २०८२ भाद्र २३ र २४ गतेको जेन जेड आन्दोलनको शुरुवात प्रविधि मैत्री कै कारण बन्न गयो । यो आन्दोलनमा मुलुकले ८४.५ अरब धनका क्षेती, ७६ जनाका हत्या र ४५० जना घाईते भए । नेपाल सरकारलाई कि त २०७२ को संविधान खारेज गर कि त संसद विघटन गरेर नयाँ निर्वाचन गर भन्ने वाध्यता सृर्जना गरियो । त्यस पछि राष्टपति रामचन्द्र पौडेल, हाल नेकपाका सयोजकः पुष्पकमल दाहाल, सहसयोजकः माधव नेपाल लगायत वाध्य भए । त्यस नेपाली कांग्रेस र नेकपा एमाले संविधान र लोकतन्त्र रक्षाको वाहानामा प्रतिनिधि सभा भंग गर्न सहमत भए । जसको परिणाम संसद विघटन गरि २०८२ फागुन २१ गते ६ महिना भित्र संसदको निर्वाचन भएको उदाहरण तपाई हामीसबैले भोगेका छौ । यो नेपालमा यो पहिलो पटक घटना हो । यो प्रविधि मैत्री युगको प्रतिबन्ध गर्न खोज्दाका परिणाम थियो । यसबाट शिक्षा लिदै यसलाई राज्यको यन्त्रको रुपमा के कसरी लिन सकिन्छ । यस विषयमा राज्य संचालकहरुले सोच्नै पर्ने भएको छ ।


आजको युग प्रविधिले विश्वमा आफनो हैशियत कायम गरेको युग हो । यसलाई नजरअन्दाज गर्नु हुदैन । बरु यसको नियगमन गरि कानुन बनाउनु आवश्यक छ । अबका दिनहरुमा यो प्रविधि पनि राज्य संञ्चालनको तत्वको रुपमा स्वीकार गर्न गराउन वहस शूरु भन्नु मेरो धारणा हो । विश्व जसरी डिजिलाईजेशन भएको छ नेपाललाई पनि त्यस्तै तयारीमा लिनु पर्छ । नेपाललाई पनि २१ औ शताब्दीको प्रतिस्पिर्धामा उभ्याउनु पर्छ ।


प्रविधिबाट आजको विश्व कुनै हालतमा पनि टाढा रहन सक्दैन । यो आजभोली २ बर्षका उमेर समुहका बच्चा बच्चीदेखि बृद्धहरुले घरघर, कोठाकोठा, घाँस दाँउरा, मेलापात, कलकारखाना, देखि समाजका प्रत्येक क्षेत्रमा यसको उपयोग र प्रयोग भएको छ । अब त प्रविधिको प्रयोग विना विश्वका राज्यहरु चल्न सक्दैनन् भन्ने वातावरण बनेको छ । म भन्छु प्रविधीलाई राज्य निर्माणको नियन्त्रित आवश्यक तत्वको रुपमा स्वीकार गर्नु पर्छ भन्ने सुझाव छ । वर्तमान् प्रविधिको अधिकतम् उपयोगको नियन्त्रण र नियगमन समय मै गरिएन भने यसले कतै विकासको मुहारमा उल्टो विनास ल्याउने सम्भावना हून्छ ।
तसर्थ ः प्रतिविधको निर्देशिका सहित यसलाई राष्ट वा देश निमार्णका आवश्यक तत्वहरु लिन समग्रमा सुझाव छ । यी आवश्यक तत्वहरुको अभावमा देश बन्न सक्तैन । देश बन्ने आवश्यक शर्तहरु पुरा भए पछि मात्र राज्यका निश्चित निति कार्यक्रम, योजना, संविधान, कानुन, पद्धती, संरचना र विचार योजना चाहिन्छ । अनि उनीहरुले आफनो देश अनुकुल छुट्टा छुट्टै संविधान त्यस अन्तर्गत व्यवस्था, कानुन बनाएर शासक र शासित हुन्छन् । त्यो उनीहरुको सार्वभौम अधिकार र स्ततन्त्रता पनि हो । त्यसैले वर्तमान मौजुदा संविधान, कानुन, निति नियमहरुलाई समय सापेक्ष संशोधन र परिवर्तन अनिवार्य गरिनु पर्छ । शासतिहरु एउटै शासकको शासनमा बसेका विश्वमा पाईदैन ।

परिस्थिति अनुसार हरेक शासन व्यवस्था र कानुनमा फेरवदल भएको पाईन्छ । संविधान, नियम, कनुनलाई समय सापेक्ष बनाउन सकेमा मात्र मुलुकले विकास र समृद्धिमा फड्को मार्न सक्छ । राज्य संचालनका संरचना वा षयन्त्रहरुमा कमि कमजोरी अर्थात फेलिएरका संकेतहरु देखा पर्न थालेका छन् । त्यसमा फेरवदल ल्याउन नितिगत श.संशोधन, परिवर्तन, आवश्यकता अनुसार नयाँ निर्माणमा गम्भिर हुनै पर्छ । यो अत्याधुनिक विकसति प्रविधिको उपयोग र प्रयोग युगमा त्यसको गति वा रफतारमा मुलुकलाई लैजानु पर्छ । प्रविधिको तिब्र विकास सगसँगै राज्य यन्त्रमा पनि सुधार वा परिवर्तन अनिवार्य भएको छ । आज यो विना विश्व समाज अगाडि बढन नसक्ने अवस्थामा छ । अब मानव समाजले यसको वैद्यता माथि वहस गनु पर्ने अनिवार्य भएको छ ।

प्रकाशित मिति : २०८३ बैशाख २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस