पालिका कपको भलिबल उपाधि महिला तर्फ ओदी र पुरुष तर्फ बड्कीलाई

जुम्ला ः जुम्लाको गाउँपालिकामा पालिका स्तरीय खेलकुद प्रतियोगिता हुने गरेका छन् । राष्ट्रका लागि खेलकुद र स्वास्थ्यका लागि खेलकुद भन्ने मुल्य नारासहित गाउँपालिका स्तरमा पनि खेलकुद प्रतियोगिता सञ्चालन हुने गरेका हुन् ।
यसै बैशाख पहिला साता यहाँको हिमा गाउँपालिकाले पालिका स्तरीय सञ्चालन गरेको भलिबल प्रतियोगितामा पुरुष तर्फ बड्की गाउँका युवाक्लवले प्रथम उपाधि हात पारेका छन् । यसैगरी महिला तर्फको प्रथम उपाधि ओदीका युवाले प्राप्त गरेका छन् ।
पुरुष तर्फको दोस्रो स्थानमा हिमा गाउँपालिका – ७ धाँचुगाउँको युवा क्लव र महिला तर्फको दोस्रो स्थानमा धाँचुगाउँकै युवाले प्राप्त गरेका भलिबल प्रशिक्षक परेकबहादुर शाहीले बताए ।
प्रथम स्थान हासिल गर्ने महिला पुरुष दुवै टिमलाई नगद २० हजारसहित मेडल, कप र प्रमाण पत्र पुरुस्कार स्वरुप प्रदान गरिएको छ भने दोस्रो स्थान हासिल गर्ने महिला पुरुष दुवै टिमलाई नगद १५ हजार रुपियाँसहित मेडल, कप र प्रमाण पत्र प्रदान गरिएको प्रशिक्षक शाहीले बताए । प्रतियोगितामा पुरुष तर्फ १३ वटा टिम र महिला तर्फ ४ वटा टिमले भाग लिएका थिए ।
गाउँपालिका अध्यक्ष रजबहादुर शाहीका अनुसार खेल क्षेत्रलाई अगाडी बढाउनका लागि पालिकामा प्रशिक्षक व्यवस्थापन गर्नुका साथै विद्यालयमा पनि खेलकुद प्रशिक्षकको व्यवस्थापन गरेका छौँ । उनले भने यो क्षेत्रमा प्रयाप्त बजेट व्यवस्थापन गर्नका साथै खेलकुद मैदान निर्माण गर्ने पनि काम भईरहेका छन् ।

प्रकाशित मिति : २०७८ बैशाख ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस