
काठमाडौँ । आज देशभर कोरोना भाइरसबाट ५ हजार ७ सय २७ जना संक्रमित भएका छन् ।
१५ हजार ३ सय ५१ वटा नमुनाको पिसिआर विधिबाट परिक्षण गर्दा ५ हजार ६ सय ५७ जना तथा ५ सय २५ वटा नमुनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा ७० जना गरी जम्मा ५ हजार ७ सय २७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यो सहित अहिलेसम्म कोरोनाबाट संक्रमित हुनेको सङ्ख्या ३ लाख २३ हजार १ सय ८७ पुगेको छ ।
देशभरबाट गएको २४ घण्टामा ९ सय २८ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएका छन् । आजसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना भाइरसबाट निको हुने दर ८६ दशमलव ९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
देशभरि आज कोरोना सङ्क्रमणबाट ३३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यस्तै यो सँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३ हजार २ सय ७९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल नेपालमा ३८ हजार ८ सय १३ सक्रिय सङ्क्रमितले आइसोलेसनमा रहेर उपचार गराइरहेका छन् ।