जुम्लामा बैशाख २२ गते राति १२ बजेदेखि निषेधाज्ञा

जुम्ला ।
कोरोना संक्रमणको दर बढ्दै जान थालेपछि जुम्लामा पनि निषेधाज्ञ गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लामा मंगलबार बसेको कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले बुधबार राति १२ बजेदेखि बैशाख मसान्त सम्म जुम्लाका आठै स्थानीयतहमा लागु हुनेगरी निषेधाज्ञ जारी गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईले बताउनुभयोे ।
सहायक प्रजिअ चौलगाईका अनुसार निषेधाज्ञा अवधिभर विहान ६ बजेदेखि ९ बजे सम्म अत्यावश्यक बस्तु किनबेचका लागि खुला गरिने छ । भने, अन्य सबै कामकाज ठप्प हुने भएका छन् ।
प्रशासनको तथ्यांक अनुसार आज मात्रै थप १० जनामा कोरोना पृष्टी भएको छ । दैनिक संक्रमण दर बढीरहेको र हाल सम्म ६० जना भन्दा बढी संक्रमित भईसकेको हुँदा जोखिम बढ्न सक्ने भन्दै निषेधाज्ञा गरिएको सहायक प्रजिअ चौलागाईको भनाई छ ।

निकै जोखिमयुक्त समय आएकोले स्वास्थ्य सुरक्षा मापदण्डको परिपालना गरी मात्र अत्याआबश्यक काम गर्न समेत आग्रह गरिएको छ ।

आफु बचौँ, अरुलाई पनि बचाऔँ भन्ने मान्यतालाई आत्मसाथ गर्दै स्वास्थ्य सुरक्षाका क्रियाकलाप अपनाउन अपिल समेत गरिएको छ ।
यसअघि कोभिड १९ संकट व्यवस्थापन समितिले विद्यालय बन्द गर्ने,पन्ध्र जना देखि बढि भिडभाड गर्न नपाइने, गाउँपालिका तथा नगरपालिकाले कोभिड सम्बन्धि रणनीति बनाउने निर्णय गरेको थियो ।

जुम्लामा सुर्खेतबाट उपचारका लागि ५ जना संक्रमित ल्याएपछि संक्रमण बढ्दै गएको भिडभाड पनि उत्तिकै बढेकोले निषेधाज्ञाको विकल्प नरहेको तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले बताउनुभयो ।

प्रकाशित मिति : २०७८ बैशाख २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस