संक्रमण बुढेपछि बुधबारदेखि जुम्लामा पनि निषेधाज्ञा

जुम्ला ः जुम्लामा कोरोना संक्रमण बढेपछि निषेधाज्ञा गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लामा बसेको कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले बैशाख २२ राती १२ बजेदेखि बैशाख मसान्तसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । जुम्लामा कोरोना संक्रमितको संख्या ६० पुगेको छ । यसअघि ४८ जना संक्रमित थिए । मंगलबार थप १२ जनामा कोरोना पुष्टि भएको संक्रमतिको संख्या ६० पुगेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाइका अनुसार विहान ६ बजेदेखि ९ बजेसम्म अत्यावश्यक बस्तु किनबेचका लागि खुला हुने भएपनि अरु समयमा ठप्प हुने बताए । उनले भने, ‘यो समय निकै जोखिमयुक्त समय भएकोले सबैले स्वास्थ्य सुरक्षा मापदण्डको परिपालना गर्न जरुरी छ । आफु बचौँ, अरुलाई पनि बचाऔँ भन्ने मान्यतालाई आत्मसाथ गर्दै स्वास्थ्य सुरक्षाका क्रियाकलाप अपनाउन आग्रह गरिएको छ ।’
यसअघि कोभिड १९ संकट व्यवस्थापन समितिले विद्यालय बन्द गर्ने, पन्ध्र जना देखि बढि भिडभाड गर्न नपाइने, गाउँपालिका तथा नगरपालिकाले कोभिड सम्बन्धी रणनीति बनाउने निर्णय गरेको थियो । सहायक प्रमुख जिल्ला अधिकारी चोलागाइँले कोरोना संक्रमण फैलन नदिनको लागि सबै सचेत हुनु पर्ने बताए ।

 

प्रकाशित मिति : २०७८ बैशाख २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस