कोरोनाले जुम्ला अस्पतालमा एक जनाको मुत्यु

???????????????????

जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा कोरोना संक्रमणले विरामी भएका कालिकोटका एक विरामीको मृत्यु भएको छ । सो अस्पतालमा कोरोना संक्रमणले मृत्यु भएको यो पहिलो घटना हो ।
जुम्ला अस्पतालमा हालसम्म संक्रमणले मृत्यु भएको थिएन । प्रतिष्ठानको आईसियूमा रहेका कालिकोट तिलागुफा नगरपालिका – ३ का ६७ बर्षीय सिंहबहादुर शाहीको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक नविन थापा मगरले बताए । उनले भने,“ उहाँको उपचारको क्रममा मृत्यु भएको हो ।”
जिल्ला प्रशासन कार्यालय जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईले अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिंहको उपचारको क्रममा मृत्यू हुने कोरोना संक्रमित पहिलो विरामी भएको बताए ।
कर्णाली प्रतिष्ठानमा पिसिआरबाट संक्रमित हुनेको संख्या दुई सय १० जना पुगेको छ । अहिले २७ जना विरामी भर्ना गरिएको मेडिकल रेकडर मेघराज बुढाले बताए । प्रतिष्ठानमा अहिले हुम्लाबाट एक जना र कालिकोटका एक जना विरामीको समेत उपचार भईरहेको छ ।

 

प्रकाशित मिति : २०७८ जेष्ठ २ गते आइतवार
प्रतिक्रिया दिनुहोस