होमआइसोलेनले संक्रमण बढ्योःचाँडो संस्थागत आइसोलेसन बनाउन जोड

सागर परियार ।

संक्रमितलाई होमआइसोलेसन बसाल्ने नीतिले जुम्लामम संक्रमण बढ्दै गएपछि तत्काल संस्थागत आइसोलेसन बनाउनु पर्नेमा सरोकारवालाले जोड दिएका छन् । आइसोलेसन रित्तै राखेर घरघरमा संक्रमित पठाउन गलत नीतिले गर्दा समुदाय कोरोनाबाट आक्रान्त भएको छ ।

मंगलबारको विवरण अनुसार जुम्लामा कुल संक्रमितको संख्या २ सय ७९ पुगेको छ । जसमा १ सय ५७ जना संक्रमित घरमा बसेका छन् । प्रतिष्ठानको आइसोलेनमा २५ जना मात्रै छन् । भने, ७८ जना निको भएर घर फर्किएका छन् ।

जूम्लाका कुल संक्रमित मध्य ९३ जना चन्दननाथ नगरपालिकामै छन् । जस मध्य ९५ प्रतिशत संक्रमित घरमै बसेका छन् । तर अहिले सम्म चन्दननाथ नगरपालिकाले संस्थागत आइसोलेसन बनाएको छैन् ।

तथ्यांक हेर्दा अधिकांश संक्रमित घरमा बस्दा लापरबाहि गरेको कारण गाउँगाउँमा संक्रमण भयावह रुपमा फैलिएको भन्दै तत्तकाल सबै स्थानीयतहले संस्थागत आइसोलेसन बनाउनु पर्नेमा जुम्लाका सरोकारवालाले जोड दिएका हुन् ।

कोरोना रोकथाम र नियन्त्रण गर्न प्रभावकारी समन्वय र सहयोगको बिषयमा छलफल गर्न आयोजित बैठकमा होमआइसोलेसनका कारण जुम्लाका कोरोनाको उच्च जोखिममा रहेको बिषयमा छलफल भएको थियो ।

संविधान सभा सदस्य ललितजङ शाहीले होम आइसोलेसनका कारण संक्रमण फैलिएको बताए । उहाँले भन्नुभयो,“हाम्रो जस्तो संरचना भएका घरमा होम आइसोलेसनको निती बैज्ञानिक छैन । तत्काल जुम्लाका सबै स्थानीयतहले संस्थागत आइसोलेसन बनाउनु पर्छ । जुम्लालाई कोरोनामुक्त जिल्ला बनाउन चिन्ता र चासोका साथ लाग्नुपर्छ ।नत्र कोरोनाबाट जुम्ला सुरक्षित रहन सक्दैन ।”

बैठकमा जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्कीले संस्थागत आइसोलेसजन निर्माणका लागि अन्य स्थानीय तह भन्दा नगरपालिकालाई जोड दिनुपर्ने बताउनुभयो । जनघनत्व बढि भएको र भिडभाड बढि हुने क्षेत्र भएकोले सक्रमण दर पनि उच्च नै छ । प्रमुख सार्कीले भन्नुभयो,“बरु संस्थागत आइसोलेसन निर्माणका लागि संघीय तथा तथा प्रदेश सरकालाई बजेट व्यवस्थाको लागि आग्रह गरौँला ।

तर नगरपालिका भित्र मापदण्ड सहितको आइसोलेसन अनिवार्य बनाउनुपर्छ । यो अहिलेको आवश्यकता पनि हो ।”

बैठकमा सहभागि सबैले होम आइसोलेसनले संक्रमण तीब्र रुपमा फैलदो क्रममा रहेकोले संस्थागत आइसोलेसन बनाउनु पर्नेमा जोड दिएका थिए । जिल्लामा बनेका आइसोलेसन प्रयोगमा ल्याउनुपर्ने र नबनेको स्थानीयतहमा संस्थागत आइसोलेसन बनाउनु पर्ने बताएका छन् ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले पनि संस्थागत आइसोलेसनमा जोड दिएका थिए । उहाँका अनुसार कोरोना संक्रमण रोक्न सबै तह र तप्काको सहयोगको खाँचो रहेको होम आइसोलेसन नीतिले जुम्लामा संक्रमण दैनिक बढ्दै गएकोले तत्तकाल संस्थागत आइसोलेसन बनाउने निर्णय गरिएको हो ।

यता चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले नगरको आवश्यकता अनुसार संस्थागत आइसोलेसन बनाउने प्रक्रिया शुरु गर्ने बताउनुभयो .। उहाँले भन्नुभयो,‘अब संस्थागत आइसोलेसन बनाउन जुट्छौँ । सबैले साथ र सहयोग गर्नुहोला । ’

चन्दननाथमा दुई स्थानमा शवघाट बनाउने निर्णय
कोरोना रोकथाम र नियन्त्रण गर्न प्रभावकारी समन्वय र सहयोगको बिषयमा छलफल गर्न आयोजित बैठकले जुम्लाको चन्ददनाथ नगरपालिकाको उमगाड र दानसाँघु क्षेत्रमा शवघाट बनाउने निणय भएको छ । जसका लागि चन्दननाथ १ र चन्दननाथ ९ वडा कार्यालयलाई अनुरोध गर्ने निर्णय भएको हो । यसअघि जुम्लामा शवघाटको अन्यौलताले संक्रमितको मृत्यु भएको खण्डमा कहाँ लैजाने भन्ने समस्या थियो । अब त्यो समस्या यो निर्णय भइसकेपछि समाधान भएको छ ।

बैठकले चन्दननाथ नगरपालिकाले तत्काल उद्योग वाण्ज्यि संघको हलमा आवश्यकता अनुसार संस्थागत आइसोलेसन तयार गर्ने निर्णय गरेको छ । उद्योग बाणिज्य संघ जुम्लाले संस्थागत आइसोलेसन निर्माणको लागि हल खाली रहेको यसअघि बसेको डिसीसीएमसीको बैठकमा जानकारी गराएको थियो । अब त्यो हलमा चन्दननाथ नगरपालिको संस्थागत आइसोलेसन बनाउने भएको हो ।

प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जिल्ला स्थित गैरसरकारी संस्थाले कोभिड रोकथाम तथा नियन्त्रणका लागि गर्न सक्ने आवश्यक सहयोगको अनुमानित लागतको विवरण तीन दिन भित्र डिसीसीएमसीलाई पेस गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,“कोरोना कहरको बेला सबै एक भएर एकद्धार प्रर्णाली बमोजिम काम गर्नु पर्ने अवस्था छ । यो समयमा सबै हातेमालो गरेर अघि बढेको खण्डमा कोरोना जीत्न सकिन्छ ।”कोभिडका कारण रोजगारी गुमेका अतिविपन्नलाई दिने राहत एकद्धार प्रर्णालीबाट वितरण गर्ने समेत निर्णय भएको प्रमुख जिल्ला अधिकारी थापाले बताउनुभयो ।

प्रकाशित मिति : २०७८ जेष्ठ ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस