सागर परियार

जुम्ला । जुम्लाका आठ स्थानीयतह मध्य ६ स्थानीयतहले मात्रै विहिबार आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । अधिकांश स्थानीयतहले विगतको जस्तो नीति कार्यक्रम संगै बजेट भने ल्याएका छैनन् । विहिबार चन्दननाथ नगरपालिका संगै तातोपानी,तिला,सिंजा,पातारासी र गुठिचौर गाउँपालिकाले मात्रै नीति कार्यक्रम सार्वजानिक गरेका हुन् । ती मध्य पनि गुठिचौर,पातारासी र सिंजा गाउँपालिकाले भने डल्लो बजेट पनि प्रस्तुत गरेका छन् ।
जसमा गुठिचौर गाउँपालिकाले ३२ करोड ९ लाख ४२ हजार र सिंजा गाउँपालिकाले ३३ करोड बजेट आगामी आवका लागि विनियोजन गरेका छन् । साथै पातारासी गाउँपालिकाले ४१ करोड १२ लाख ६६ हजारको बजेट विनियोजन गरेको छ । विहिबार तीन स्थानीयतह गरी १ अर्ब ६ करोड बढीको बजेट विनियोजन भएको छ । भने, कनकासुन्दरी,हिमा र पातारासी गाउँपालिकाले भने, विहिबार नीति कार्यक्रम र बजेट प्रस्तुत गरेका छैनन् ।
विहिबार नीति तथा कार्यक्रम प्रस्तुत गरेको जुम्लाका पाँच स्थानीयतहले भने कृषि, स्वास्थ्य, पर्यटन तथा रोजगारीलाई प्रथामिकता दिएका छन् । जसमा तातोपानी गाउँपालिकाले नबौं गाउँसभामा पालिकाभरीका नागरिकको स्वास्थ्य बिमा २ हजार सहयोग गर्ने, कृषिमा अनुदान दिने, शिक्षक, स्वास्थ्यकर्मीलाई सम्मान गर्ने, कोरोना महामहारी रोकथाम, नियन्त्रण तथा उपचारलाई प्रभावकारी गर्ने,कोरोनाले रोजगारी गुमाएका यूवालाई रोजगारी दिने कुरालाई प्रथामिकतामा राखिएको तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले बताए ।
उनका अनुसार नीति तथा कार्यक्रम सार्वजानिक भएपनि आगामी आवको बजेट भने, असार २२ गते आउने भएको छ । त्यतिन्जेल सम्म कार्यपालिका सदस्यहरुलाई नीति तथा कार्यक्रम अध्यायन गरी सुझाब दिन भनिएको छ ।
त्यस्तै, चन्दननाथ नगरपालिकाले पनि स्वास्थ्य र सामाजिक विकास लाई प्रथामिकता दिएर नीति तथा कार्यक्रम सार्वजानिक गरेको मेयर कान्तिका सेजुवालले बताईन् । उनले भनिन,“एमविविएस पढ्नेलाई विशेष छात्रबृत्ति दिने,जेष्ठनागरिकलाई सम्मान गर्ने, एक महिला, विपन्न नागरिककालाई उद्यमी बनाउने, सहुलियत कर्जा दिने कुरा प्रथामिकतामा राखेका छौ ।”
नीति तथा कार्यक्रम पारित भएको र बजेट यहि साताभित्र ल्याउने निर्णय भएको समेत मेयर सेजुवलाको भनाई छ । सिंजा गाउँपालिकाले पनि कृषि,पर्यटन तथा रोजगारलाइ प्रथामिकता दिएर नीति कार्यक्रम तथा बजेट ल्याएको अध्यक्ष देवलसिंह रावलले बताए । उनका अनुसार सिंजा गाउँपालिकाले आगामी आव २०७८÷७९ का लागि करिब ३३ करोड भन्दा बढी बजेट विनियोजन गरिएको छ ।
उता पातारासी गाउँपालिकाले पनि पर्यटन,शिक्षा, स्वास्थ्य र कृषिलाई प्रथामिकता दिएर नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । भने करिब ४१ करोड १२ लाख ६६ हजार बजेट आगामी आवका लागि विनियोजन गरिएको पातारासी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेक बहादुर बुढ्थापाले बताए । त्यस्तै तिला गाउँपालिकाले पनि कृषि पर्यटन र स्वास्थ्यलाई प्रथामिकता दिएर नीति कार्यक्रम ल्याएको अध्यक्ष रतननाथ योगीले जानकारी दिए ।
विगतको जस्तो जुम्लाका स्थानीयतहले भने, नीति कार्यक्रम र बजेट संगै ल्याएका छैनन् । असार १० गते अनिवार्य स्थानीयतहको नीति कार्यक्रम र बजेट आउनु पर्ने भएपनि प्राविधिक समस्या भएको भन्दै स्थानीयतहले ढिला गरेका छन् ।
अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता
जुम्लाका स्थानीयतहले नीति तथा कार्यक्रममा अधिकांश पुराना कार्यक्रमलाईनै निरन्तरता दिएका छन् । एक घर एक धारा,स्याउ बगैचा निर्माण, उद्यमी उत्पादन,जनता संग अध्यक्ष तथा उपाध्यक्ष कार्यक्रम, कृषिमा अनुदान,बाँझो जगाा नराख्ने लगायतका विभिन्न कार्यक्रम दोहोरिएका छन् ।
गुठिचौर गाउँपालिकाका अध्यक्ष हरि बहादुर भण्डारीले बजेट कार्यानव्यनमा सबै निकायले सकरात्मक सहयोग गर्नुपर्ने बताए । स्थानीय, सरोकारवालाकाृ सहयोग बिना विकास निर्माण सम्भव भएकाले रचनात्मक सयहोग गर्नआग्रह गरे । तातोपानी गाउँपालिका अध्यक्षले नीति तथा कार्यक्रमलाई सफल बनाउने खालको उत्पादनमुखी बजेट ल्याउने प्रतिबद्धता गरे ।



