अब बाँकी १८ दिनमा एक खर्ब ९६ अर्ब २६ करोड रुपैयाँ खर्च गर्नुपर्नेछ । उक्त लक्ष्यमा पुग्न दैनिक १० अर्ब रुपैयाँभन्दा बढी खर्च गर्नुपर्ने हुन्छ ।
तर सरकार समयमै सकिएको कामको भुक्तानी असारमा धेरै गरिने हुनाले धेरै बजेट खर्च भएको देखिने बताउँछ । यद्यपि अर्थविद्हरु भने आर्थिक वर्षको अन्तिममा बजेट सकाउनै गरिने काम गुणस्तर नहुने भएकाले अन्तिममा खर्च हुने परम्परा रोक्नुपर्ने बताउँदै आएका छन् ।
झण्डै ८२ प्रतिशत राजस्व संकलन
सरकार राजस्व संकलनमा भने लक्ष्य नजिक पुग्न लागेको छ । हालसम्म सरकारले ८१.९५ प्रतिशत राजस्व संकलन गरेको छ । यो भनेको ८ खर्ब २९ अर्ब १० करोड ३९ लाख रुपैयाँ हो । सरकारले चालु वर्ष १० खर्ब ११ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । सरकारले करबाट ७ खर्ब ७४ अर्ब रुपैयाँ भन्दा बढी उठाएको छ भने गैरकर राजस्व ५४ अर्ब ५५ करोड बढी उठाएको छ ।
यस्तै अनुदानबाट १० अर्ब ७ करोड रुपैयाँ उठाएको छ । यस्तै अन्य शीर्षक अन्तर्गत ३७ अर्ब ५५ करोड रुपैयाँ उठाएको छ ।