सागर परियार ।

कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले कर्णालीका दुर्गम क्षेत्रमाहरुमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पुराएको स्वास्थ्य सेवा प्रसंशनीय भएको बताउनु भयो । शुत्रबार जुम्ला पुग्नु भएका प्रदेश प्रमुख कलौनीले प्रतिष्ठानको अवलोकनपछि आयोजित अन्तरक्रियालाइए सम्बोधन गर्दै प्रतिष्ठानले आफ्नो १० वर्षे कार्यलयमा स्वास्थ्य सेवा विस्तार तथा अध्यायन अनुसन्धानका क्षेत्रमा अपेक्षित उपलब्धी गर्न सफल भएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो,“दुर्गम कर्णालीका हुम्ला, डोल्पा,मुगु लगायत सुदरपश्चिम सहित १३ जिल्लामा सुलभ तथा गुणस्तरी स्वास्थ्य पुराउन प्रतिष्ठान सफल भएको छ । कर्णाली स्वास्थ्यको हब हो । जस्तासुकै उपचार कर्णालीमै हुन्छ भन्ने सन्देश दिन प्रतिष्ठानका पदाधिकारी,डाक्टर सबै जनशत्तिले दिएको योगदान पनि प्रशंनिय छ ।”
स्वास्थ्य सेवा प्रवाह तथा उपचारमा प्रतिष्ठान अब्बल भएको भन्दै प्रदेश प्रमुख कलौनीले विभिन्न पटक आउने कोरोना जस्ता अन्य महामारीमा उपचार संगै जनचेतनाका कार्यक्रममा समेत जोड दिन सुझाब दिनुभयो ।
कर्णाली प्रतिष्ठान समग्र कर्णाली संगै देशकै भरोसाको केन्द्र भएकोले पनि स्वास्थ्य सेवामा गुणस्तरीयता तथा विश्वसनियतामा ध्यान पुराउनु पर्नेमा बताउनुभयो । जनशक्ति,भौतिक संचरना,लगायतका अन्य समस्या समधानका लागि तीन तहका सरकार संग आबश्यक समन्वय र पहल गर्ने समेत प्रतिबद्धता गर्नुभयो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षा अध्यक्ष डा.निरेश थापाले दुर्गममा गुणस्तरी स्वास्थ्य सेवा विस्तार,दक्ष जनशक्ति उत्पादन र अध्यायन अनुसन्धानलाई विशेष प्रथामिकता दिएर प्रतिष्ठानले काम गरिरहेको बताउनुभयो ।
अन्तरक्रियामा प्रतिष्ठानको गतीविधि प्रस्तुत गर्दै शिक्षाध्यक्ष थापाले भने,“हामीले वर्षमा ६० हजार बढी विरामीको उपचार गरिरहेका छौ । सिनेटले प्रतिष्ठानमा ६ सय ७४ जना जनशक्ति रहने निर्णय गरेपनि हाल सम्म कार्यरत ३ सय ४२ जना मात्रै छौ । कम जनशक्ति,भौतिक संरचनाको अभाव,बत्ती,ईन्टरनेट,फोहोर मैला व्यवस्थापनको अभावका बीच पनि प्रतिष्ठानले नागरिकलाई स्वास्थ्य सेवा प्रवाह गरिरहेको उल्लेख गर्नुभयो ।
प्रयाप्त बत्ती नभएकै कारण वर्षमा जेनेरटर संचालनका लागि ७० लाख सम्म ईन्धन खर्च हुने गरेको छ । बत्ती अभावकै कारण मेसिनरी उपकरण संचालनमा पनि उत्तिकै समस्या छ । प्रयाप्त भवन नहुँदा बाहिरबाट आउने डाक्टहरुलाई बस्ने क्वाटर छैन् । कर्णाली प्रतिष्ठानका यि विभित समस्या समधानका लागि प्रदेश प्रमुखल कलौनीले संघ र प्रदेश सरकार संग आबश्यक पहल गर्ने समेत शिक्षाध्यक्ष थापाले आश व्यक्त गर्नुभयो ।
कोभिड रोकथाम तथा नियन्त्रणका लागि चाहिने आइसोलेसन,आइसियू, भ्यान्टीलेटर,अक्सिजन प्लान्ट,अक्सिजन सिलिण्डर लगायतका औषधी उपकरण सबै प्रयाप्त रहेकाले विरामीको उपचारमा कुनै समस्या नरहेको बताइएको छ । हाल प्रतिष्ठानमा करिब ७६ जना विभिन्न विषयका विशषज्ञ डाक्टरहरुले नियमित सेवा प्रवाह गरिहेका छन् ।
प्रतिष्ठानमा हाल फोहोर व्यवस्थापन, सबै जिल्लाबाट सजिलै पग्ने सडक(कनेक्टीभिटी) समस्या,समिनार हल नहुनु बाहिबाट आउने डाक्टर बस्ने क्वाटर नहुुनु लगायतका समस्या रहेको संघ प्रदेश सरकारले आबश्यक सहयोग गर्न समेत अपिल गरिएको छ ।



