जनप्रतिनिधिकै सिफारिसको भरमा जुम्लाको काँचो स्याउ निर्यातःपहिचान गुम्ने चिन्ता

 

सागर परियार ।
विगतका वर्ष जस्तै यस वर्ष पनि जुम्लाबाट काँचो स्याउ निर्यात भएको छ । कम्तीमा भदौ दोस्रो साताबाटै मात्र स्याउ टिप्न र विक्री गर्न कृषि विज्ञले सम्झाए पनि जुम्लाका केहि किसान तथा व्यापारीले अटेरी गरेर काँचो स्याउ निर्यात गरेका हुन् ।

अन्य स्याउ भन्दा जुम्ल्लाको स्यानीय जातको स्याउ काँचै निर्यात भएको हो । कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले भन्नुभयो,“जुम्ली स्याउले हाल कलर मात्रै हाले छ । गुलियोपना भरिन अझै २० प्रतिशत बाँकी छ । तर किसानले बढी पैसा कमाउने दाउले परिपक्क नहुदै स्याउ नेपालगन्ज काठमान्डौ लिएका छन् । यसले गर्दा स्याउको बजारीकरणमा दिर्घकालिन असर पर्ने निश्चित छ ।” नासोका रुपमा भएपनि विक्री गर्न भएपनि काँचो स्याउ लिँदा जुम्ली स्याउको पहिचान खतरामा पढ्ने चिन्ता बढेको प्रमुख देवकोटाको भनाई छ ।

जिल्ला कृषि विकास कार्यालयले भदौ १० गते सम्म स्याउ नटिप्न सबै किसानलाई अनुरोध तथा चोरी निकासीलाई रोक्न प्रहरीलाई पत्राचार गरेको छ । तर वडा,गाउँपालिकाका जनप्रतिनिधीले हचुवामै दिएका सिफारिसका भरमा काँचो स्याउ साउन दोस्रो सातानै सुर्खेत,नेपालगज्न काठमान्डौ पुगेको कृषि विकास कार्यालयका प्रमुख देवकाटाले जानकारी दिए ।

उहाँका अनुसार“जनप्रतिनिधिलाई स्याउको प्राविधिक पक्ष केहि थाहा छैन् । लेबलिङ,प्याकेजिक,ग्रेडिङ भए नभएको कुनै ज्ञान छैन् । स्याउ परिपक्क छ वा छैन । गुलियोपना कति छ केहि थाहा नपाएर रातो देखेकै भरमा सिफारिस दिँदा काँचो स्याउ निर्यात रोक्न समस्या भइरहेको छ ।”

साउन तेस्रो हप्तामै स्याउ टिपेर विक्री गर्ने किसान व्यापारीकै कारण जुम्लाको स्याउखेतीलाई विस्थापित गर्ने र दिर्घकालिन रुपमा असर पर्ने निश्चित भएको छ । यसलाई रोक्न सर्वपक्षियत बलियो संयन्त्र बनाउनु पर्ने किसान सरोज शाहीले बताउनुभयो ।

जुम्लाका ३ वर्षदेखि व्यवसायीक फुजि स्याउ खेती गर्दै आएका शाहीले निर्देशन सुझाबको अटेरी गरेर काँचो स्याउ बेच्नेलाई कारबाहि हुनु पर्छ । विक्री गर्न होस या नासो परिपक्क नभए सम्म जिल्ला बाहिर लिन नपाउने र कडा अनुगमन गर्ने टिम बनाउनु पर्नेमा किसान शाहीले जोड दिनुभयो ।

तातोपानी र लिता गाउँपालिकाबाट ३÷४ ट्रक काँचो स्याउ निर्यात भएर बिक्री समेत भइरहेको सुनिएको छ । रातो रंग भरेकै आधारमा स्याउ पाक्यो भन्नु गलत हो । अझै २० प्रतिशत गुलियोपना भरिन बाँकी रहेको छ । भने, भदौ १० गते सम्म कसैलाई स्याउ निर्यात गर्न नदिन विभिन्न चौकीमा सूचना गरिएको प्रमुख देवकोटाको भनाई छ ।

कृषि कार्यालय भदौ दोस्रो साता सम्म स्याउ नटिप्न सूचना गर्ने,जनप्रतिनिधिले हचुवाकै भरमा सिफारिस दिने गरेकै कारण हरेक वर्ष काँचो स्याउ निर्यात हुने गरेको छ । काँचो स्याउ निर्यात क्षणिक कमाई बढी हुने निश्चित व्यक्तिलाई फाईदा भएपनि समग्र जुम्लाको आर्थिक विकास कमजोर हुने र जुम्ली अर्गानिक स्याउको पहिचान जोगाउनै मुस्किल हुने बरिष्ठ किसान रामकृष्ण बुढ्थापाले बताए । काँचो स्याउ निर्यातलाई तत्काल रोक्नु पर्ने उनको माग छ । गाउँपालिका वडापालिकामा सिफारिस नदिन तथा सिमा क्षेत्रका चौकीहरुलाई कडा निगरानी राख्न पत्र दिएपनि काँचो स्याउको चोरी निकासी रोकिएको छैन् ।

काँचो स्याउ प्रतिकेजी ५०÷६० रुपैँयामा खरिद गर्दै

काँचो स्याउँ पनि कृषकको फममा प्रति केजी ५०÷६० रुपियाँमा खरिद गर्ने र सुर्खेत नेपालगज्ज काठमान्डौमा १ सय १० रुपैयामा विक्री भइरहेको जनाएको छ । स्याउँ परिपक्क र गुलियोपना भरिएर रातो रंग दिएपछि बाहिर जिल्लामा प्रतिकेजी १ सय ५० देखि २ सय भन्दा बढी मुल्यमा विक्री हुन्थ्यो ।

तर केहि किसान तथा व्यापारीले काँचो स्याउ लिएर सस्तोमै बिक्री गरिरहेका छन् । यसले गर्दा जुम्ली अर्गानिक स्याउ लोप हुने र फुजि जातको स्याउले बजार लिने देखिन्छ । फुजि स्याउ असोजको अन्तिम तिर टिपेर विक्री गरिन्छ । स्थानीय जातको स्याउ खेती लोपहुदै गएपछि जुम्लाका अधिकांश किसान पछिल्लो समय फुजिजातको स्याउ खेती गरिरहेका छन् । यहि वर्ष मात्रै जुम्लाका २३ जना किसानले ६० हजार फुजी स्याउँका विरुवा रोपेका छन् ।

हाल जुम्लामा ३ हजार ८ सय हेक्टर जमीनमा स्याउँ खेती भइरहेको कृषि विकास कार्यालय जुम्लाको तथ्यांक रहेको छ । यस मध्ये १ हजार ६ सय हेक्टर जमीनमा स्याउँ खेतीले उत्पादन दिईरहेको छ । यस बर्ष पनि विगतको जस्तै दोब्बर स्याउ उत्पादन घट्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २०७८ साउन २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस