विद्यार्थीहरुले पाए कोरोना खोप

 काठमाडौं । प्लस टु का विद्यार्थी र ४० वर्ष वा सोभन्दा माथि उमेर समूहका व्यक्तिहरुलाई कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु भएको छ । उनीहरुलाई आजदेखि चिनियाँ कम्पनीको भेरोसेल खोपको पहिलो मात्रा लगाउन शुरु गरिएको हो ।

काठमाडौंका खोप केन्द्रहरुमा खोप लगाउनेहरुको लामो लाइन देखिन्छ । यो खोप लगाउने अभियान भदौ ४ गतेदेखि ६ गतेसम्म सन्चालन हुने छ । बिहान १० बजेखि साँझ ५ बजेसम्म काठमाडौं महानगरपालिकाका सबै वडाबाट खोप लगाइने छ ।

प्रकाशित मिति : २०७८ भाद्र ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस