चौमासिक भुक्तानी गर्न मन्त्री श्रेष्ठको निर्देशन

जुम्ला ः कर्णाली प्रदेश सरकारका जलस्रोत तथा उर्जा विकास मन्त्री दीनवन्धु श्रेष्ठले विकास निर्माण आयोजना कामको चौमासिक रुपमा भुक्तानी गर्न निर्देशन दिएका छन् । जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको कार्यालय प्रमुखहरुको बैठकमा मन्त्री श्रेष्ठले यस्तो निर्देशन दिएका हुन् ।
विकास निर्माणका काम समयमै सञ्चालन गरी सम्पन्न गर्न आवश्यकता रहेको छ । समयमा काम सञ्चालन नगर्ने र असारे विकासले बचेट बढी फ्रिज जाने समस्या झेल्नु नपर्ने गरी काम गर्न मन्त्री श्रेष्ठले निर्देशन गरेका हुन् ।
मन्त्री श्रेष्ठले कार्यालय प्रमुखसँग विकास निर्माण तत्काल सञ्चाल गर्न समस्याका बारेमा जानकारी लिँदै सम्बन्धित मन्त्रालयसँग सहकार्य गरी समाधान गर्ने, र विकास निर्माण काम समयमै सम्पन्न गर्न सुझाउनु भएको मन्त्रीका स्वकीय सचिव महेन्द्र कार्कीले बताए । साउनको अन्तिम सातादेखि मन्त्री श्रेष्ठ गृह जिल्ला जुम्लामा आएर यहाँका विभिन्न विकास निर्माण र बाढीपहिरो प्रभावित क्षेत्रको अनुगमन गर्दै आएको भएको उनले बताए ।
मन्त्रीसँग भएको बैठकमा कार्यालयमा प्राविधिक जनशक्तको अभाव, बजेट कम र विपद् न्यूनिकरणका उचित औजारको कमी रहेको समस्या दर्शाएका थिए ।

 

प्रकाशित मिति : २०७८ भाद्र ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस