प्रदेशबाट कर्णाली प्रतिष्ठानले अपेक्षित सहयोग पाएन्

सागर परियार ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका उपकुलपति डा. मंगल रावलले कर्णाली प्रदेश सरकारबाट कर्णाली प्रतिष्ठानले अपेक्षित सहयोग नपाएको बताए । पश्चिम नेपालकै स्वास्थ्य हबका रुपमा विकास हुदै गरेको प्रतिष्ठानमा प्रदेश सरकारको शुन्य सहयोग गरेको उनको भनाई छ ।
विहिबार मुख्यमन्त्री महेन्द्र बहादुर शाही समक्ष उपकुलपति रावलले स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा र अनुसन्धानका क्षेत्रमा काम गर्दै आएको प्रतिष्ठानले कर्णाली सरकारबाट आशा गरेअनुसार सहयोग नपाएको गुनासो गरे । उनले भने,“देशका ठुला अस्पतालमा नभएका विशषज्ञ डाक्टर जुम्लामा छन् । कर्णाली सहित सुदुरपश्चिमका गरी १३ जिल्लामा सेवा प्रवाह भईरहेको छ । प्रतिष्ठान संघिय सरकारको मातहतमा भएपनि सेवा पाउने कर्णालीबासीनै भएकोले कर्णाली सरकारले सहयोग गर्नुपर्छ भन्ने मनसाय हो । तर अहिले सम्म हुन सकेन् ।”

पहिलो दोस्रो हुदै तेस्रो लहरको कोभिड फैलिरहेको अबस्थामा संक्रमण रोकथाम तथा नियन्त्रणका लागि कर्णाली प्रतिष्ठानमा आबश्यक जनशmित्त प्रयाप्त छन् । तर परिचालन गर्दा लाग्ने खर्च प्रतिष्ठानको स्रोतले भ्याउदैन् । त्यसैले प्रदेश सरकार मार्फत चिकित्सकहरुको भत्ताको व्यवस्थापन गरिदिए पनि सेवा क्षेत्रमा खटिएर काम गर्न सजह हुने उपकुलपति रावलको भनाई छ । हाल कर्णाली प्रतिष्ठानमा ८० जना विशषज्ञ डाक्टर, १ सय बढी विभिन्न विषयमा डाक्टर छन् । स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउनका लागि प्रदेश सरकारको सामाथ्र्य अनुसार पनि प्रतिष्ठानलाई सहयोग हुन सकेको छैन ।
चालु आवका लागि कार्ययोजना सहित प्रदेश सरकार संग ७९ करोड बजेट स्टमेट पेश गरेपनि कुनै सहयोग नआएको बताइएको छ । कर्णाली मात्र नभई देशलाईनै स्वास्थ्यका दक्ष जनशक्ति दिने गरी काम भईरहेको अबस्थामा प्रदेश सरकारले सहयोग नगर्नु विडम्बनाको कुरा हो । यसमा मुख्यमन्त्री शाहीले पहल गर्ने समेत आशा व्यक्त गरे ।

यता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोभिड रोकथाम तथा नियन्त्रणमा कर्णाली प्रतिष्ठानले उल्लेखीय भुमिका खेलेको बताए । कोभिड रोकथाम बाहेक अन्य कुनै सहयोग नभएको समेत बताए । विभिन्न कारणले प्रतिष्ठानलाई अपेक्षित सहयोग नभएको स्वीकार गर्दै मुख्यमन्त्री शाहीले आगामी दिनमा प्रतिष्ठानको विकासमा आबश्यक सहयोग गर्नेप्रतिबद्धता गरे । देशकै भरोसाका रुमा रहेको प्रतिष्ठानको विकासमा प्रदेश सरकार नचुक्ने समेत उनको भनाई छ ।

प्रकाशित मिति : २०७८ भाद्र १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस