अबरुद्द कर्णाली राजमार्गकाे जुम्ला खण्ड शुचारु

सागर परियार,
सुख्खा पहिराेका कारण अबरुद्द कर्णाली राजमार्गकाे जुम्ला सडक खण्ड शुचारु भएकाे छ । निरन्तर भएकाे वर्षातका कारण सुक्खा पहिराे खसेपछि कर्णाली राजमार्गकाे जुम्ला खण्डकाे लुम्सेरा नजिक अबरुद्द भएकने सडक केही घण्टामै पहिराे पन्छाएर शुचारु भएकाे हाे ।

सडक अबरुद्द भएपछि जाममा परेका साना ठुला यात्रु बाहक तथा मालबाहाक सवारी संचालनमा आएका छन् । पैदल तथा यात्रुहरु पनि आअाफ्नाे गन्तव्य तर्फ गरेका छन् । जुम्ला हुँदै सुर्खेत,नेपालग्ज जाने जुम्ला तर्फ अाउने सिंजा जाने सबै तर्फकाे सडक संचालन भएकाे सडक डिभिजन जुम्लाका प्रमुख लीला बहादुर भण्डारीले बताए ।

विहानै देखि सडक अबरुद्द भएपनि सडक डिभिजनकाे सक्रियाताले समयमै पहिराे पन्छाएपछि सडक सुचारु हुँदा स्थानीयलाई राहत भएकाे पहिराेस्थलमै पुगेका संचारकर्मि गाेल्डेन बुढाले बताउनुभयाे । उहाँका अझै पहिराेकाे जाेखिम रहेकाले तयारी अबस्थामा हुनुपर्ने देखिन्छ ।

यता सडक डिभिजन जुम्लाका प्रमुख लीला बहादुर भण्डारीले १/२ घण्टामै पहिराे पन्छाएर सडक संचालनमा आएकाे बताउनुभयाे ।

उहाँले भन्नुभयाे,”नाग्मबाट मेसिन आउन केही ढिला भयाे । तर पहिराे चाडै पन्छाएर सडक खुल्याे सुर्खेत,कालिकाेट मुगुका सबे सबै सवारी आफ्नाे गन्तव्यमा गएका छन् ।
तत्तकाल पहिराे पन्छाएर सडक शुचारु गरेपनि अझै सुक्खा पहिराे जाने जाेखिम भएकाले स्काभेटर सडकमै तयारी अबस्थमा राखेका छाै ।”

भिरालाे जमिन भएकाले वर्षातले सुक्खा पहिराे जाने गरेकाे छ । तर कर्णाली राजमार्गकाे जुम्ला कालिकाेट खण्डमा जहाँ पहिराे गएपनि सडक डिभिजनका जुम्लाका प्रमुख लीला बहादुर भण्डारी स्वयम पहिराे पन्छाउन फिल्डमा जाने भएकाले विगतकाे जस्ताे नागरिकले धेरै सास्ती पाएका छैनन् ।

तर कर्णाली राजमार्गलाई सुरक्षित तथा भरपर्दाे बनाउनु पर्ने कर्णाली बासिकाे माग भएपनि सरकारले कर्णालीकाे पूर्वाधार विकासमा न्यून लगानि गर्ने गरेकाे छ । जसका कारण अपेक्षित रुपमा कर्णालीकाे पूर्वाधार विकास हुन सकेकाे छैन ।

प्रकाशित मिति : २०७८ भाद्र २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस