परिक्षा समितिको गम्भीर त्रुटिले नर्सिङ परिक्षाको नतिजा बिवादीत

कर्णाली पोष्ट संबाददाता ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको परिक्षा समितिले नर्सिङ स्टाप परिक्षाको नतिजा प्रकाशनमा ठुलो लापरबाहि गरेको पाइएको छ । ५० जनाको सर्ट लिष्टमा नामै नभएकी उम्मेदवारलाई १ नम्बर सफल उम्मेदवारका रुपमा छनौट गरी अन्तिम नतिजाको सूचना जारी गरेपछि परिक्षा समितिको लापबाही भेटिएको हो ।

कर्णाली प्रतिष्ठानले गएको साउन ३० गते करार सेवाका लागि २५ जना नर्सिङ स्टापको माग गर्दै सूचना खोलेको थियो । सोहि अनुसार १ सय ६३ जनाले आवेदन दिएका थिए । जसमध्य भदौ २६ गते लिइएको लिखित परिक्षाबाट सफल उम्मेदवार ५० जनाको नाम सार्वजानिक भयो ।

उक्त ५० जनाको सर्ट लिष्टमा सपना न्यौपाने नाम छैन् । तर भदौ २९ गते पुनः प्रकाशित संशोधित सूचनामा भने (एसएन ०३९) सिम्बोल नम्बर सहित सपना न्यौपानेको नाम सर्ट लिष्टमा निकालिएको छ ।

यसअघि भदौ २६ गते प्रकाशित लिखित तर्फको सफल उम्मेदवारको ५० जना भित्र नपरेकी सपना न्यौपाने भदौ २९ गते प्रकाशित संशोधित सूचना अनुसार सर्टलिष्टमा पारेकी छन् । तर ५० जनाको लिष्टमा नपर्ने पछि संशोधन गरेर किन नाम निकालीयो भन्ने आशंका भने फैलिएको छ ।

तर ५० जनाको सर्टलिष्ट भित्र नपरेकी संशोधन सूचनामा नाम निकालेकी सपना न्यौपानेको नाम ३० गते प्रकाशित सफल उम्मेदवारहरुको अन्तिम नतिजाको १ नम्बरमा उल्लेख भएपछि प्रतिष्ठानको परिक्षा समितिको लापबारही बाहिर आएको हो ।

नतिजा प्रकाशित सूचनामा १ नम्बरमा सफल सपना न्यौपानेलाई क्ल् ण्छठ कोडिङ्ग दिइएको छ । जुन सिम्बोल नम्बर लिखित परिक्षामा सदिक्षा रोकायाको हो । तर संशोधित सूचनामा सपना न्यौपानेको सिम्बल नम्बर क्ल् ण्घढ उल्लेख गरिएपनि अन्तिम नतिजा प्रकाशनमा भने, क्ल् ण्छठ सिम्बोल नम्बर छ । ५० जनाको सर्ट लिष्ट नाम नआउनु, सिम्बोल नम्बर फरक पर्नु सबै परिक्षा समितिको कमजोरी भएको सपनाको परिवार स्रोतले बताएको छ ।

३ पटक सम्म लिखित परिक्षामा नाम निकालेकी सदिक्षा रोकाया अन्तिम नतिजामा सफल नहुनु आफ्नै सिम्वोल नम्बरमा अर्कै नाम आउनु प्रतिष्ठानको परिक्षा समितिको गल्ती की नियत भन्ने कुरा छानविन हुन बाँकी रहेको छ ।

तर परिक्षा समितिले गर्ने यस्तो लापबाहिले मेहनती विद्यार्थी डिप्रेशनमा जान्छन् । सदिक्षा रोकायाका बुबा दलसिंह रोकाया भन्छन,“सर्टलिष्टमा नाम नभएकी सपना न्यौपाने कसरी १ नम्बरमा सफल भईन् । मेरी छोरी सदिक्षा रोकायाको क्ल् ण्छठ सिम्बोल नम्बर कसरी सपना न्यौपानेको नाममा आयो । परिक्षा समितिको लापबारहिले सदिक्षा र सपनालाई बिवादित बनायो । यसमा कसैको स्वार्थको आशंका छ ।”

परिक्षा समितिको लापरबाहि होकी,पदाधिकारीको नियत हो यसबारे सत्यतथ्य छानविनका लागि अदालती प्रक्रियामा जाने तयारीमा रहेको रोकायाले उल्लेख गर्नुभयो । यसअघि २ पटक लिखित परिक्षामा सफल भएपनि सदिक्षा रोकाया मौखिकमा फालिएको थियो ।

कर्णाली प्रतिष्ठानका हरेक परिक्षामा आफ्ना नजिकका मान्छे मात्रै छनौट गर्छन् भन्ने विगतको नजिर कायमै रहेको भन्दै यर्थात बाहिर नआए आन्दोलन गर्ने समेत दलसिंह रोकायाले चेतावनी दिनुभयो ।

परिक्षा समितिको कमजोरी भएको हो
नर्सिङ स्टाप परिक्षाको नतिजा प्रकाशनमा परिक्षा समितिले नियतबस भन्दा पनि कोडिङलाई डिकोर्डिङ गर्दा भुलबस त्रुटि भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार नृपेन्द्र महतले बताउनुभयो । उहाँले भन्नुभयो,“परिक्षा पारदर्शी हुदैन भन्ने विगतको नजिर तोड्नका लागि कोडिङ डिकोर्डिङ व्यवस्था गरिएको थियो । तर परिक्षा समितिले चेकजाँच गर्दा डिकोर्डिङमा भुलबस त्रुटि देखिएको हो । यसमा कुनै नियत छैन् ।”

परिक्षा देखि नजिता प्रकाशन स्वच्छ र पादरर्शी भएको दाबी गर्दै लिखित परिक्षापछि रिचेकको व्यवस्था भए अनुसार सपना न्यौपानेको पछि रिचेक गरेर उत्कृष्ट नम्बर आएपछि संशोधन सूचना मार्फत सर्ट लिष्टमा नाम निकालिएको रजिष्टार महत जानकारी दिनुभयो ।

भदौ २६ गते प्रकाशित सर्ट लिखित परिक्षाको नतिजामा सफल ५० जना भित्र सपना न्यौपानेको नाम छुटाउनुनै परिक्षा समितिको मुख्य लापरबाहि हो । रजिष्टार महतले थप्नुभयो,“४८ घण्टाभित्र निवेदन दिएपछि रिचेक गर्ने व्यवस्था अनुसार सपना रोकायाले निवेदन दिएपछि चेकगर्दा उत्कृष्ट नम्बर आएको तर परिक्षा समितिले अन्तिम नतिजा प्रकाशन गर्नुअघि कोडिङबाट डिकोर्डिङ गर्दा क्रुटि भएर सदिक्षा रोकायाको कोडिङ नम्बर सपना न्यौपानेको नाममा परेको हो ।”

लिखितमा उत्कृष्ट नम्बर ल्याएकी तर परिक्षा समितिले कोडिङबाट डिकोडिङ गर्दा कमजोरी भएकाले ५० जनाको लिष्टमा नाम नआएपछि प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाई संग समन्वय गरी संशोधित सूचना मार्फत सपना न्यौपानको नाम निकालिएको र अन्तरबार्तामा सहभागी गराइएको रजिष्टार महतको भनाई छ ।

उहाँका अनुसार सपना न्यौपानेले एक टपर विद्यार्थी हुन् । उहाँले कर्णाली प्रतिष्ठान संगै बाग्मती प्रदेशमा पनि नाम निकालेर अन्तरबार्ता दिन गएकी छन् । सपना न्यौपानका उत्तर पुस्तिका समेत देखाउने सकिने प्रतिष्ठानले बताएको छ ।

रजिष्टार महतले कर्णाली प्रतिष्ठानलाई नमुना बनाउन आएको र कानुन विपरित कुनै काम नगर्ने दाबी गर्नुभयो । यदपी परिक्षा फेक भएको शंका लागेमा आगामी एक महिना सम्म जोसुकै व्यक्तिले आफ्नो उत्तर पुस्तिका हेर्ने व्यवस्था समेत गरिएको प्रतिष्ठान प्रशासन शाखाले जनाएको छ ।
कर्णाली प्रतिष्ठानको परिक्षामा कोडिङ, डिकोर्डिङ व्यवस्था पहिलो भएकोले परिक्षा समितिले थोरै क्रुटि गर्दा कोडिङ नम्बर तलमाथि मात्र भएको तर परिक्षा एकदम मर्यादित भएको प्रतिष्ठानको भनाई छ ।

प्रकाशित मिति : २०७८ भाद्र ३१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस