सागर परियार जुम्ला ।
एन्फा जिल्ला लिग पुनः भोलीबाट सञ्चालन हुने भएको छ । असोज ९ गते जुम्ला जिल्ला फुटबल संघ एन्फा जुम्लाले सूचना जारी स्थगीत गरिएको एन्फा जिल्ला लिग असोज ११ गते विहान ८ बजेबाट पुनः सञ्चालन हुने भएको हो ।
विबादका कारण खेल सञ्चालन गर्न असहज भएको खेल स्थगीत गरिएको भएपनि सोमबार विहानै देखि खेल सञ्चालन हुने एन्फा जुम्लाका अध्यक्ष भरत बहादुर बुढ्थापाले बताए ।
उनका अनुसार सोमबार विहान ८ बजे पहिलो खेल लेकाली यूवा क्लब र ढाँणथपला यूवाक्लब बीच खेल हुने भएको छ । भने दोस्रो खेल योङस्टार यूवा क्लब र फोइकालिका यूवाक्लब बीच हुने छ ।
सोमबार हुने दुईवटा सेमिफाइनल खेलबाट विजेता टोली असोज १२ गते हुने एन्फा जिल्ला लिगको उपाधीका लागि फाईनलमा भिड्ने अध्यक्ष बुढ्थापाले कर्णालीपोष्टलाई जानकारी दिए ।
विबादका कारण खेल खेलाउन असहज भएपछि केन्द्रबाट नेपालकै लिग डाइरेक्टर संगीत मिश्र र एन्फा स्टक्चरका सिइओ निपेन्द्र साहनी जुम्ला पुगेका छन् ।
उनिहरु दुबै जनाले जिल्लाको सुरक्षा निकाय संग गरेको छलफल पश्चात शान्त तथा मर्यादित रुपमा खेल संचालन गर्ने निष्कर्ष भएअनुसार स्थगीत भएको एन्फा लिन शुरु हुने भएको हो । असोज ८ गते अन्तिम खेलमा विबाद गरेको गुठिचौरको टिमले खेल्न पाउने छैन् । आइतबारनै खेलाउने भनिएपनि निरनतर बर्षत भएकोले समस्या भएको भएको उन्पाले जनाएको छ ।
करिब दुईवर्ष पछि भएको खेललाई मर्यादित रुपमा सम्पन्न गर्न एन्फाले जुम्लाका सबै नागरिक,संचारकमी तथा खेलाडीहरुमा अपिल गरेको छ ।
भने,असोज १ गतेदेशि शरु भएको खेल असोज १० गते अर्थात आज सम्पन्न हुने कार्यतालिका भएपनि विभित कारणले २ दिनपछि सरेको हो ।