सागर परियार ।
जुम्ला बहुमुखी क्याम्पस जुम्लामा अनिश्चित तालाबन्दी गरिएको छ । जुम्लाका विभिन्न चार वटा विद्यार्थी संगठनहरुले अनिश्चितकालिन तालाबन्दी गरेका हुन् । असोज ११ गतेबाट हुने लागेको एमएड तह दोस्रो वर्षको परिक्षा केन्द्र जुम्लामै हुनु पर्ने माग राख्दै तालाबन्दी गरिएको विद्यार्थीले जनाएका छन् ।
जुम्ला बहुमुखि क्याम्पस प्रशासनको कमजोरीका कारण असोज ११ गतेबाट हुने एमएड दोस्रो वर्षको परिक्षा केन्द्र शिक्षा क्याम्पस सुर्खेतमा कायम गरको विरोधमा जुम्ला क्याम्पसको प्रशासन देखि कक्षा कोठा र मुख्य गेटमा समेत तालबान्दि गरिएको अनेरास्ववियु जिल्ला कमिति जुम्लाका सदस्य तपेन्द्र खत्रीले बताउनु भयो ।
उहाँले भन्नुभयो,“राज्य प्रणाली विकेन्द्रीकृत भइसकेको अबस्थामा अझै केन्द्रिकृत प्रणाली लागु गर्नु संघियताको विपरित हो । जुम्लामा पढेर, जुम्ला परिक्षा केन्द्र भनेर फर्म भरेर अन्तिममा सुर्खेत गएर परिक्षा दिनुपर्ने गरी परिक्षा केन्द्र कायम गर्दा विरोध भएको हो । तत्तकाल परिक्षा केन्द्र जुम्लामै नभए तालाबन्दी जारी रहन्छ ।”
वर्षातको समय भएकाले सडक पनि अबद्ध हुने, खर्चका हिसाबले पनि विद्यार्थीलाई घाटा हुने भएकोले जुम्लामै परिक्षा केन्द्र हुनुपर्ने एमएड तह दोस्रो वर्षमा अध्यायनरत छात्रधा लक्ष्मी परिषले बताईन् ।
जुम्लामा परिक्षा केन्द्र हुने शर्तमा परिक्षा फार्म भरेका थियौ । तर परिक्षाको मुखमै सुर्खेतमा केन्द्र कायम गरिएपछि विद्यार्थी आन्दोलनमा उत्रिन बाध्य भएको उनको भनाई छ । क्याम्पसकै लापरबाहि र कमजोरीका कारण जुम्लामै अध्यायन गरेका जुम्ला परिक्षा केन्द्रको फर्म भरेपनि सुर्खेत परिक्षा केन्दै कायम भएको विद्यार्थीको आरोप छ ।
विगत लामो समयदेखि जुम्ला क्याम्पसमा सबै परिक्षा भइरहेको थियो । तर हाल एमएड तह दोस्रो वर्षको परिक्षालाई संघियता विपरित खोसेर सुर्खेतमा कायम गर्नु दुर्गमका विद्यार्थीका लागि ठुलो अन्याय भएको अनेरास्ववियु जिल्ला कमिति सदस्य खत्रीको भनाई छ ।
शिक्षा क्याम्पस सुर्खेतमा असोज ११ गते सोमरबाट हुने परिक्षामा जुम्लाका १२ जना विद्यार्थीले सहभागि नहुने निर्णय गरेका छन् । जुम्ला परिक्षा केन्द्र रहने भनेर फर्म भनेर जुम्लामै पढेर सुर्खेत गएर परिक्षा दिन नसकिने उनिहरुको भनाई छ ।
परिक्षा केन्द्र सुर्खेत बाँहेक अन्य ठाउँमा राख्न नसकिने भनेर त्रिभुवन विश्वविद्यालयले परिपत्र गरेको क्याम्पस प्रशासनले जानकारी दिएको छ । जुम्लामा कम विद्यार्थी भएका कारण पनि परिक्षा केन्द्र सुर्खेत सारेको हुन सक्ने क्याम्पसका सहप्रध्यापक प्रकाचन्द्र खत्रीले बताउनुभयो ।
उहाँका अनुसार क्याम्पसमा अनिश्चित तालाबन्दी हुँदा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विभिन्न शैक्षिक कार्यक्रममा पनि प्रभावित भएका छन् ।