लाम्रा संबादःजुम्ली पहिचान झल्काउने बौद्दिक बहस

सागर परियार जुम्ला ।
खष भाषा उत्पत्ती भएको जुम्ला । बाईसे चौविसे राज्य मध्य शक्तिशाली राज्य जुम्ला । यहाँको रितिरिवाज,सामाजिक चालचलन,रहन सहनमा आफ्नै मौलिकता छ । भने,पन्चेबाजा,हुड्ने नाच,ढाल नाँच,मागले झल्काउने जुम्ली मौलिक संस्कृतिको महत्व पनि विशेष छ । रोपाई चोपाइ,कुलो प्रथा,बडा बस्ने चलन,लगि प्रथा लगायत थुप्रै रितिरिवाज छन् ।

सिंजा भेग,पानसय दरा,चौधविस क्षेत्रका आफ्नै संस्कृति चाल चलन रितिरिवाज छन् । कोहि परम्परा संरक्षण गर्न नसकेर,कोहि संस्कृति पुस्तान्तरण नभए क्षयिकरण भईरहेका छन् । मौलिकता हराउदै गएको छ । संस्कृति संकटमा छ । जसका कारण हाम्रो पहिचान संकटमा परेका स्थिती छ ।

यिनै जुम्ली संस्कृति,रितिरिवाज,मौलिकतालाई जोगाउन भविष्यका पुस्तालाई ताजा अभिलेख दिन दस्ताबेजी गर्नका लागि जुम्लामा गत वर्षबाट लाम्रा संबाद नामक बहसको शुरुवात भयो । गत वर्ष कार्तिक २८ देखि ३० गते सम्म संचालन भएको लाम्रा संबादको पहिलो संस्करणमा विभिन्न पक्षमा छलफल बहस पैरबी पनि भयो ।

पहिलो संस्करणको लाम्रा संबादको सफलता,पाठक,शुभचिन्तकहरुको सकारात्मक प्रतिक्रिया र सुझाबले यो पनि निरन्तरता दिदै ‘लाम्रा संबाद,गाउँका कुडा–२०७८’ हुने भएको छ । यहाँको तातोपानी गाउँपालिका ५ लाम्रा कार्तिक १६ देखि १८ गते सम्म लाम्रा संबादको दोस्रो संस्करण हुने भएको छ ।

जुम्ली परम्परा,सस्कृति,रितिरिवाज संरक्षण प्रर्बदन गर्न,स्थानीय सरकारलाई संस्कृति संरक्षणमा नीति व्यवस्था र लगानी गर्नका लागि नैतिक प्रश्न गर्न ? नागरिकलाई जिम्मेवार बनाउन ‘लाम्रा संबाद,गाउँका कुडा–२०७८’ कोशे ढुंगा सावित हुने अपेक्षा गरिएको छ ।

‘लाम्रा संबाद,गाउँका कुडा–२०७८’ लाई जुम्ला जिल्लाको आर्थिक सामाजिक,सांस्कृति राजनीतिक विकासको एक बौद्दिक बहसका रुपमा हेरिएको छ । जुम्लाको लाम्रा गाउँबाट शुरु भएको यो बहसले समग्र जुम्लाको विगत वर्तमान र भविष्यका विषयमा पैरबी गर्ने आशा गरिएको छ ।

कार्यक्रमका परिकल्पनाकार आयोजक माधव चौलागाई भन्छन,‘लाम्रा संबाद,गाउँका कुडा–२०७८’ लक्ष्य भनेकै हाम्रा पुर्खाका रितिरिवाजलाई संस्थागत गर्नु, भावी पुस्ताका लागि अभिलेख गर्नु हो । समयको विकास संग हाम्रा मौलिकता रितिरिवाज लोपउन्मुख बन्दै छन् । हाम्रा रितिरिवाज,रहनसहन जोगाउन लाम्रा संबादको शुरुवात भएको हो ।”
तीन दिन सम्म संचालन हुने संबादमा संस्कृति,रितिरिवाज,विकास निर्माण,सुशासन पादर्शिता लगायतका विषयमा विभिन्न सेसनमा छलफल हुने छ । भने, पुर्खाहरुका अनुभव सुन्ने,अनुभव साट्ने ‘लाम्रा संबाद,गाउँका कुडा–२०७८’ संयोजक नन्द प्रसाद चौलागाँइले बताए ।

उनका अनुसार अघिल्लो बर्ष ११ सेसनमा छलफल तथा पैरवी गरेको लाम्रा सम्वादको दोस्रो संस्करणमा ले यस पटक ७ वटा शेसनमा वहश गरिने भएको छ । तर दोस्रो संस्करणलाई केहि खास पृथक तथा विशेष बनाइएको छ । जसमा पहिलो विधिवत प्रवचन, हाम्मा नेता, हाम्मो निति, सभ्यताको साईनो आखरको अलंकार,सुईना बिजुलीको झरोवाट झलमल्ल गाउँ कसरी ? स्वास्थ्य र महामारी, भुसको आगो, सास्कृतिक सम्वद्र्धनका लागि मनोरञ्जनात्मक कार्यक्रम रहेका छन् ।

यसका सथौ, सांस्कृतिक सम्वद्र्धनमा तर्फ दमायाको रन्को अर्थात नौ नगरा ३६ पयाना मागलको गुन्जन, नाचको छमछम, श्वरको संगम, देउडाको घन्को लगायतका कार्यक्रम रहेका छन् । यी विभिन्न सेसनमा सोहि समुदायका व्यक्ति संग अनुभव साट्ने छलफल गरिने छ ।

लाम्रा गाउँका उर्जाशिल यूवा बौद्दिक व्यक्तिहरुले शुरुवात गरेको लाम्रा संबादले समग्र जुम्लाको रिति थिती बोल्ने छ । पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्र बहादुर शाही भन्छन,“लोप हुदै गएका जुम्ली सस्कृतिको जगेर्ना गर्ने लाम्रा संबादको लक्ष्यलाइ स्थानीय सरकारले पनि साथ दिनुपर्छ ।”
लाम्रा सम्वाद सस्कृति र सभ्यताको उजागर गर्न सम्वादको आयोजना गरिएको हो । पहिलो सम्वादमा खस संस्कृतिमा आधारित विभिन्न बिषयमा गाउँभित्रै वहश थालिएको थियो भने यस पटक जिल्ला भरीका कुरा समेटिने आयोजकले जनाएको छ ।

त्यस्तै दोस्रो संस्करणको उद्घाटन पछि पहिलो शत्र पञ्चेबाजा सम्बन्धी बहस हुने छ । नौ नगरा २६ पयाना भन्ने शिर्षकमा पत्रकार सागर परियारले दमाइ समुदायका व्यक्ति संग पञ्चेबाजाको विगत वर्तमान,भविष्य, विभिन्न बाजाको महत्व,पहिचान,कुन अबसरमा कुन बाजा बजाउने लगायतका विषयमा छलफल गर्ने छन् ।

प्रकाशित मिति : २०७८ कार्तिक १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस