विभिन्न समयमा चोरी गर्ने दुई जना सामान सहित पक्राउ

कर्णाली पोष्ट संबाददाता ।
विभिन्न चोरीका घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बिभिन्न मिति र स्थानमा चन्दननाथ नगरपालिका क्षेत्र भित्रका घर,तथा पसलमा चोरी गर्ने दुईजना प्रहरीले पक्राउ गरेको हो ।

घरमा कोही नभएको मौका पारी चोरीका घटनाहरुमा संलग्न । जुम्ला चन्दननाथ नगरपालिका ५ वस्ने वर्ष २७ का कर्ण सुनार र सोही वडा निवासी वर्ष २७ कै चन्द्र नेपाली सार्कीलाई चोरीका सामान सहित पक्राउ गरिएको प्रहरी निरिक्षक यौवनकुमार चौधरीले बताउनुभयो ।

उहाँका अनुसार सामान चोर्ने दुईजना संगै चोरीका सामान खरिद गर्ने अन्य दुई व्यक्तिलाई समेत पक्राउ गरिएको छ । चोरीको सामान खरिद गर्नेमा चन्दननाथ नगरपालिका ६ बस्ने २१ वर्षिय विशाल सुनार र सोही वडा निवासी वर्ष २३ का मनोज सुनार रहेका छन् ।

भने, विभिन्न समयमा डेल र एचपी कम्पन्नीका ल्याप्टप दुई थान, गलाई (पगाली) राखेको सुन २ तोला ८९.५ लाल,चाँदीको सिक्री एक थान,चाँदीको सिक्का आठ थान र चोरीमा प्रयोग भएको पेचकस एक थान सहित चोरीमा संलग्न व्यक्ति पक्राय परेका हुन् । चोरीका घटमा संलग्न व्यक्तिहरुलाई चोरी शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भई रहेको प्रहरी निरिक्षक चौधरीको भनाई छ ।

 

प्रकाशित मिति : २०७८ पुष ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस