
जुम्ला ः चन्दननाथ नगरपालिका १ कुलालवाडास्थित एक ओडारमा बस्दै आएको ४६ वर्षीय चेते कुलालको ओडारमै रहस्यमय मुत्यु भएको छ । १५ वर्षदेखि ओडारमा बस्दै आएका कुलालको गएराती ओडारमै मृत्यु भएको हो ।
तापक्रम माइनस ६ डिग्री छ । रात पर्नेबित्तिकै कसरी जाडो छल्ने भन्ने चिन्तामा नागरिक छन् । बिहान उज्यालो हुनेबित्तिकै भोकको चिन्ताले सताउँछ, चेते कुलाललाई । कुलाल घरवारविहीन हुन् । १५ वर्षदेखि ओडारमा बास बस्दै आएका छन् । उनीसँग सम्पत्तिको नाममा एउटा मात्र कम्बल छ, त्यो पनि फाटेको । उनी बिहान–बेलुका छाक टार्न सडकमा भौतारिँदै हिँड्छन् ।
प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दका अनुसार ओडारमै बस्दै आएका मृतक चेते कुलालको टाउकोमा चोट पटक छ । उनका घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ । उनले भने अहिले कुलालको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पोष्टमार्टम हुदैछ । पोष्टमार्टमबाट पनि केही घटनाको विषयमा रिपोर्ट आउने छ ।
उनका श्रीमति र एक छोरा भएपनि उनी एकै ओडारमा बस्दै आएका थिए । स्थानीय रविन कुलालले भने चेते कुलालको मृत्यु घटना आश्र्चाय जनक छ । मदिरा सेवा पनि गर्ने गर्दथे । टाउकोमा चोट पटक लागेको भन्ने छ । मागी खाने मान्छे यस्तो कसले ग¥यो होला । उनले भने घटनाको सत्यतथ्यका विषयमा प्रहरीकै भर परेका छौँ । घटनाको दोषीमाथि कारवाही हुनुको विकल्प छैन ।
अपांग पुनस्र्थापना तथा विकास केन्द्र जुम्लाका अध्यक्ष नन्दराज धितालका अनुसार आइएनएफ र जिल्ला प्रशासन कार्यालय जुम्लाको सहयोगमा तीन दिनअघि ६० किलो चामल, एक सिरक, एक डसना र दुई कम्वल राहत उपलव्ध गरेका थियौँ । उनले भने पुस १२ गते राहतको अवस्था कस्तो भन्ने अनुगमन गर्दा पहिलेकै अवस्थामा भेटाएका थियौँ । त्यहाँ प्रदान गरिएको कुनै पनि सामान थिएन । राहत दिएको सामान कस्ले कहाँ लियो र के गरे भन्ने जानकारी नै हुन सकेन ।
विपन्नलाई राहत दिइए पनि बेचेर खाने भएकाले प्राथमिकतामा नपरेको कार्यपालिका सदस्य गोविन्द आचार्यले बताए । । उनले वडापालिकाले धेरै पटक कुलाललाई राहत दिएको दाबी गरे ।



