
सागर परियार जुम्ला ।
जुम्ला । कर्णाली प्रदेशका हिमाली जिल्ला जुम्ला संगै मुगु,हुम्ला,डोल्पा र कालिकोटमा सोमबार राती देखि हिमपात भइरहेको छ । मंगलबार विहान सम्म जारी हिमपातले हिमाली भेगमा २÷३ फिट र बेसी क्षेत्रमा करिब १ फिट बढी हिउ परिसकेको छ ।
जारी रहेको भारी हिमपातले कर्णालीमा हवाई सेवा पुर्ण रुपमा अबरुद्ध भएको छ । छोटो दुरीका यातायात फाटफुट रुपमा सञ्चालन भएका छन् । हिमपात संगै बढेको अत्यधिक चिसोले कर्णालीको जनजीवन प्रभावित भएको छ ।
जेष्ठनागरिक,दिर्घ रोगी,बालबालिका र सडक मानवहरु चिसोबाट बढी प्रभावित भएका छन् । यपदी,हिमपातले हिउँदे बालीनालीलाई राहत पुराएको कृषि विज्ञहरुले बताएका छन् । हिमपातकै बीच प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईको अगुवाईमा जुम्ला बजारका चोक चोकमा आगो बाल्ने अभियान शुरु गरिएको शसस्त्र एसपी गगन श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार खलगा बजारको बसपार्क,कृष्ण मन्दिर,प्रशासन,एयरपोर्ट, लगायतका ठाउँमा दाउरा बाडिएको छ । प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईले हिमपात जारी रहेको अझै हिउँ पर्ने सम्भावना रहेकोले अत्याआबश्यक काम बाहेक गाडीको यात्रा नगर्न सुचित गरिएको बताउनु भयो ।
उहाँका अनुसार हिमपातबाट हुन सक्ने जनधनको क्षती रोक्न तथा राहत उद्दारलाई प्रभावकारी बनाउन सुरक्षाकर्मीको टोली तयारी अबस्थामा रहेको छ । हिउदेबाली सप्रिन र उत्पादन बृद्दिका लागि कर्णालीमा पुस माघको महिनामा हिमपात हुनु अति आबश्यक छ ।
जलवायु परिवर्तनले पछिल्लो समय विगतको जस्तो समयमै बाक्लो हिउँ पर्न छोडेको छ । यदपी,हाल भएको हिमपातले कृषि क्षेत्रलाई राहत पुराउने कृषि विकास कार्यालयका प्रमुख गणेश अधिकारीको भनाई छ ।
हिमपात संगै बढेको चिसोले हिडडुल गर्न घरमा पशुचौपायलाई दानापानी दिन समेत मुस्किल भएको चन्दननाथ नगरपालिका ३ निवासी देवि सिम्खाडाले बताउनुभयो ।
फोटो क्याप्सनः जुम्लामा जारी हितपात । तस्बिर ःसागर परियार ।