माघ १७ जुम्ला । अखिल(क्रान्तिकारी) का विद्यार्थी नेता जयकृष्ण जैशीले गुठिचौर गाउँपालिका को वडा नंं ४ स्थित सत्यवादि मा बि दसौदि बालु खोप केन्द्रमा स्वास्थ्य सामाग्री बितरण गरेका छन् । तेस्रो लहरको कोरोना महमारीबाट सजक रहन तथा संक्रमणबाट बच्नका लागि स्वास्थ्य सामाग्री वितरण गरिएको हो ।
महामारी रोक्ने सरकारको लक्ष्यलाई सफल पार्न नागरिक स्तरको पनि सक्दो सहयोग आबश्यक रहेकोले व्यक्तिगत लगानीमा थोरै स्वास्थ्य सामाग्री (मास्क,सेनिटाइजर वितरण गरिएको विद्यार्थी नेता जैशीले बताए ।
गुठिचौर गाउँपालिका वडा नं. ४ मा रहेको खोप केन्द्रमा खोप लगाउन आएका नागरिकलाई मास्क सेनिटाइजर बितरण गरिएको हो । आगामी दिनमा पालिकाका जुन वडामा खोप लगाउने कार्यक्रम त्यहि दिन आफुले स्वास्थ्य सामाग्री हस्तारण गर्ने उनको भजाई छ ।
जैशीले खोप केन्द्रमा आएका सबै नागरिकलाई संक्रमणबाट आफु बच्न र अरुलाई बचाउने विषयमा गम्भीर हुन समेत अपिल गरे । विद्यार्थी नेता जैशीले विभिन्न खोप केन्द्रमा पुगेर गरेको सहयोग र दिएको जनचेतना प्रति स्थानीयहरु खुसी भएका छन् ।