कर्णालीमा आइतबार मन्त्रिपरिषद् विस्तार हुँदै, को–को बन्दैछन् मन्त्री ?

सुर्खेत । कर्णाली प्रदेशमा तीन महिनापछि मन्त्रिपरिषद् विस्तार हुन लागेको छ । १६ कार्तिकमा मुख्यमन्त्रीको सपथग्रहण गरेका मुख्यमन्त्री जीवनबहादुर शाहीले तीन महिनापछि भोलि आईतबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

माओवादीबाट कार्चेन लामा, जाजरकोटका सांसद गणेशप्रसाद सिंह, एकीकृत समाजवादी जुम्लाका पदम रोकाया, नेपाली काँग्रेसबाट यसअघि सामाजिक विकास मन्त्री भइसकेका यज्ञबहादुर बुढा क्षेत्री र हाल दलका सचेतक रहेका हिमबहादुर शाही मन्त्री बन्ने भएका छन् ।

यसैबीच गैरसांसद कार्चेन लामालाई मन्त्री बनाउने भएपछि माओवादीले विरोध जनाएको छ । माओवादी कर्णालीमा सबैभन्दा ठुलो दल हो । माओवादीका संसदीय दलका सचेतक तथा सांसद ठम्बरबहादुर बिष्टले गैरसांसदलाई मन्त्री बनाउन लागेपछि सामाजिक सञ्जालमा फेसबुकमा स्टाटस लेखेर विरोध गरेका छन् । ‘

प्रकाशित मिति : २०७८ माघ २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस