जुम्ला । कणाली प्रदेश सभाका सभामुख राज बहादुर शाहीले तीनै तहका सरकारको सार्वजानिक नीति निर्माणमा यूवाको सहभागिता अपरिहार्य रहेको बताउनुभयो । यूवा आर्थिक विकासका सम्बाहक तथा समाज रुपान्तरणका सुत्रधार भएकोले नीति निर्माणमा उनिहरुको प्रत्यक्ष सहभागिताको सुनिश्चिता गर्नुपर्ने उहाँको भनाई छ ।
शुक्रबार कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगरमा आयोजित तीन दिने पूर्व व्यवसायी संसदीय अभ्यास सहयोग कार्यक्रम (पिपिएसपी) को उद्घाटन गर्दै सभामुख शाहीले कर्णाली सरकार नीति निर्माणमा यूवा सहभागिता सुनिश्चित गनुपर्नेमा दृढ रहेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो,“अहिले सम्म यूवाको सहभागितामा नीति निर्माण गर्ने अभ्यास छैन् । तीनै तहका सरकारका जनप्रतिनिधिले बनाएका नीतिले यूवाका समस्या सम्बोधन गर्न सकेको छैन् । अब कर्णालीका ७९ वटै स्थानीय तथा प्रदेश सरकारको नीति निर्माणमा यूवा सहभागितालाई जोड दिनुर्छ ।”
पिपिएसपी कार्यक्रमले यूवालाई नीति निर्माणका लागि सक्षम बनाउनेमा सभामुख शाहीले विश्वास व्यक्त गर्नुभयो । अझै अझै समाजका आन्तरिक समस्या सम्बोधन गर्ने,आर्थिक विकस गर्ने, रोजगारी सृजना गर्ने,स्थानीय स्रोत साधनको अधिकतम प्रयोग गर्ने नीति निर्माणका प्रदेश स्थानीय सरकार चुकिरहेका छन् ।
सरकारलाई खबरदारी तथा नीति निर्माणको यूवा सहभागिता आजको आश्यकता छ । अमेरिकन एम्बेसीको सहयोग,पोखरा रिर्सज सेन्टरको समन्वय तथा ऋतिक फाउन्डेस कर्णाली प्रदेशको आयोजनामा तीन दिने पिपिएसपी कार्यक्रम सञ्चालन भएको छ ।
कार्यक्रममा कर्णालीका १० जिल्लाका ५० जना यूवा युवती सहभागिता छ । विभिन्न चरणहरु पार गर्दै तालिमका लागि ५० जना छनोट भएर आएका हुन् । तीन दिनमा नेपालमा संघियताका अभ्यास,नीति निर्माण प्रक्रिया,आर्थिक,सामाजिक,राजनीतिक विकास तथा समस्या समधानका सवाल लगायतका विषयमा कर्णाली प्रदेशका सचिव देखि सांसदहरुले प्रशिक्षण गर्ने छन् । पहिलो दिन संघियताका अभ्यास र नीति निर्माण प्रक्रिया सम्बन्धी यूवाले सिकेका छन् ।
झण्डै ३ सय जनाको आवेदन बाट ५० जना यूवा पिपिएसपीको पहिलो शिविरका लागि छनोट भएको ऋति पाउण्डेसनका सिइओ दिनेश गौतमले बताउनुभयो । उहाँका अनुसार ५० जना यूवाले सांसद संग प्रत्यक्ष नीति निर्माणमा काम गर्नका लागि तीन चरणहरु पास गर्नु पर्ने छ ।
५० जनाबाट दोस्रो शिविरका लागि २५ जना छनोट हुने छन् । भने २५ जनाबाट तेस्रो चरणमा १२ जना छनोट हुने र उनिहरुले प्रदेश सांसदहरु संग विभिन्न नीति निर्माणमा प्रत्यक्ष सहभागि हुन पाउने छन् ।
नीति निर्माणमा यूवाको सुनिश्चिता गर्नका लागि कर्णालीमै पहिलो पिपिएसपी कार्यक्रमको आयोजना गरेकोमा जुम्लाका यूवा धनराज सुनारले खुसी व्यक्त गर्नुभयो । नीति निर्माणमा यूवा सहभागिता संगै स्वयम यूवाको चासो रहनु पर्नेमा उनको जोड छ ।