हुम्लामा विशषज्ञ सेवा निरन्तरताका लागि कर्णाली प्रतिष्ठान र स्वास्थ्य मन्त्रालयबीच सम्झौता

जुम्ला ।  कर्णाली प्रदेशको दुर्गम हुम्ला जिल्ला अस्पतालमा विषशज्ञ सेवा निरन्तरताका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच सम्झौता भएको छ । एक महिना अघिदेखी हुम्ला जिल्ला अस्पतालमा शुरु भएको विषशज्ञ सेवालाई निरन्तरता दिने उद्देश्यले मन्त्रालय र कर्णाली प्रतिष्ठान बीच शुक्रबार दुई पक्षिय सम्झौता भएको हो ।

कर्णाली प्रतिष्ठानका भिसि डा.मंगल रावल र  स्वास्थ्य जनसंख्या मन्त्रालयका  प्रमुख विशषज्ञ डा.गुणराज लोहनीबीच भएको सम्झौता एक आपसमा शुक्रबार आदान प्रदान भएको छ ।

कर्णाली प्रतिष्ठानका उपकुलपति डा.मंगल रावलले भन्नुभयाे,“हुम्लामा कर्णाली प्रतिष्ठानबाट एमडीजीपि डा.क्रिशान्त भण्डारी पठाएर हुम्ला जिल्ला अस्पतालमा एक महिनाअघि देखि विषशज्ञ सेवा शुरु भइरहेको छ । थप दुई जना विशषज्ञ डाक्टर पठाउने र विशषज्ञ सेवालाई निरन्रता दिने उद्देश्यले मन्त्रालयबीच सम्झौता भएको छ । आगामी बैशाख भन्दा अगाडीनै जुम्लाबाट विषशज्ञ डाक्टर हुम्ला पठाइने छ ।”

हुम्लामा सर्जिकल सेवा,ओटी सेवा र गाइनोलोजीष्ट लगायतका विशषज्ञ सेवा सञ्चालनका लागि थप दुई सहित तीन जना एमडीजीपि डाक्टर पठाइने उपकुलपति डा.रावलले जानकारी दिनुभयो ।

जटिल प्ररकारका शल्यक्रिया हुम्लामै गर्न,जटिल विरामी रेफर रोक्न स्थानीयलाई जिल्लामै सस्तोमा विशषज्ञ स्वास्थ्य सेवा दिने मन्त्रायलको लक्ष्य अनुसार कर्णाली प्रतिष्ठानले हुम्ला जिल्ला अस्पतालमा सेवा दिने तयारी गरेको छ ।

देशभरका प्रतिष्ठानले दुर्गम जिल्लामा विशषज्ञ सेवा दिनुपर्ने मन्त्रालयको योजना अनुसार कर्णाली प्रतिष्ठानले हुम्ला जिल्ला रोजेको हो । अब दुर्गम हुम्लाका नागरिकले हुम्लामै जटिलखालका शल्यक्रिया देखि उपचार पाउने छन् । भने महंगो खर्च गरेर जुम्ला,सुर्खेत नेपालगन्ज काठमान्डौ लिएर उपचार गराउनु पर्ने बाध्यताबाट हुम्लाबासी मुक्त हुने छन् ।

कर्णाली प्रतिष्ठान कर्णालीको मात्र नभइ पश्चिम नेपालकै भरोसा केन्द्रका रुपमा विकास भइरहेकोले सोही अनुसार प्रतिष्ठानले आफ्नो सेवा,शिक्षा तथा अनुसन्धानको दायरालाई पनि बढाउँदै गएको छ ।

हुम्ला जिल्लामा विषशज्ञ सेवा सञ्चानका लागि मन्त्रालयका प्रमुख विशषज्ञ डा.गुणराज लोहनी,नीति तथा योजना महाशाखा प्रमुख डा.कृष्ण पौडेल लगायतका व्यक्तिले सहयोग गरेका छन् ।

 

 

प्रकाशित मिति : २०७८ चैत्र ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस