उद्योग बाणिज्य संघ जुम्लाको अध्यक्षमा देवकोटाको उम्मेदवारी, को हुन देवकोटा ?

 

जुम्ला । उद्योग वाणिज्य संघ जुम्लाको आगामी कार्यकालको लागि ब्यवसायी पुरीचन्द्र देवकोटाले अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । हाल उद्योग वाणिज्य संघ जुम्लाको बरिष्ठ उपाध्यक्ष रहेका देवकोटाले आफ्नो प्यानलनै वनाएर चुनावी मैदानमा उत्रिने भएका हुन् ।

शुक्रबार देखि उद्योग बाणिज्य संघ जुम्लाको साधारण सभा शुरु भइ निर्वापवगचन प्रक्रिया अगाडी बढीसकेको छ ।

को हुन देवकोटा ?
जुम्ला जिल्लाको तत्कालिन कार्तिकस्वमी ७ हाल चन्दननाथ नगरपालिका १० पण्डितवाडामा जन्मेका पुरीचन्द्र देवकोटाले तत्कालीन चन्दननाथ गाविस वडा नं. ६ विजयनगरमा स्टेशनरी ब्यवसाय बाट आफ्नो ब्यवसायीक यात्रा सुरु गरेका थिए । जुम्लामा पहिलो पटक २०५२ सालमा फोटोकपि मेसिन भित्राएर आफ्नो ब्यवसायीक यात्रामा अघि बढेका देवकोटाले छापाखान तथा विभिन्न उद्योगहरुको स्थापना गरि रोजगारी श्रृजना समेत गरेका छन् ।

उद्योग वाणिज्य संघ जुम्लाको स्थापना काल देखिनै ब्यवसायीको हकहितमा लाग्दै आएका देबकोटा भारका बिभिन्न शहर तथा ब्यापारिक क्षेत्र थाइलेन्ड, हङकङ, ताइवान र जापान जस्ता बिकसित मुलकहरुमा भ्रमण गरी ब्यापारिक अनुभव बटुली सकेका छन भने कर्णाली दर्पण, रारा भ्रमण पद प्रदर्शन र साहित्यिक यात्रा नामक पुस्तकहरु प्रकाशन गरी साहित्य र लेखन क्षेत्रमा उदयमान समेत भएका छन नेपालको कलाश्री साहित्य पुरुस्कार लगायत विभिन्न पुरस्कारहरुबाट पुरस्कृत भएका देबकोटा २०४८ सालमा स्याउको ब्यापार बाट ब्यापारिक यात्रा शुरु गरी जुम्लामा प्रिन्टिङ प्रेस, काष्ठ उद्योग, स्टेस्नरी, सिरक डर्सना उद्योग, स्टिल उद्योग, नेपाली हातेकागज उद्योग लगायतका उद्योगहरु सञ्चालन गरेका छन ।

उद्योग वाणिज्य संघमा सदस्य हुदै उद्योग तर्फको उपाध्यक्ष र संघको दुई कार्यकाल बरिष्ठ उपाध्यक्ष समेत भैसकेका देवकोटा यस पटक १६ औ चुनावी साधारण सभामा अध्यक्ष पदको उम्मेदवारको रुपमा देखा परेका छन् । लोकतान्तिक प्यानमा आफ्नो नेतृत्वमा टिमनै वनाएर चुनावी मैदानमा देखिएका हुन् ।

प्रकाशित मिति : २०७८ चैत्र ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस