तेस्रो जुम्ला–रारा अल्ट्रा म्याराथनको तयारी पुरा,मुख्यमन्त्री शाही उद्घाटन गर्ने

जुम्ला । आगामी चैत २६ गते हुने तेस्रो जुम्ला–रारा अल्ट्रा म्याराथनको तयारी पुरा भएको छ । कर्णालीको पर्यटन प्रर्बद्धन तथा उच्च पर्वतीय खेलकुद प्रशिक्षण केन्द्र स्थापना गर्ने उद्देश्यका साथ जुम्लामा तेस्रो पटक म्याराथनको आयोजना गरिएको हो ।

विहिबार पत्रकार सम्मेलन गर्दै कर्णाली स्पोर्ट क्लबले तेस्रो जुम्ला–रारा अल्ट्रा म्याराथनमा देश विदेशका झण्डै ४ सय बढी खेलाडी सहभागी हुने जानकारी दिएको हो । म्याराथनको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले गर्ने कार्यक्रम तय भएको छ । जसका लागि मुख्यमन्त्री शाही विहिबारनै जुम्ला आईपुगेका छन् ।
कर्णाली स्पोट्स क्लवका अध्यक्ष सरोज शाहीले कर्णालीको पर्यटन प्रर्बद्धनमा खेलकुद क्षेत्रको महत्वपुर्ण योगदान रहने र विश्वमा नेपालाई चिनाउने एक माध्यमका रुपमा म्याराथनलाई लिइएको बताए ।

अध्यक्ष शाहीका अनुसार जुम्ला–रारा अल्ट्रा म्याराथनको ४९ किलोमिटर दौड प्रतियोगिताका लागि ५० जना खेलाडीले नाम दर्ता गराएका छन् । जसमा भारतका सहित नेपालका सोलुखुम्बु,भोजपुर,काठमान्डौ,विराटनगर लगायतका ९ जिल्लाका खेलाडी छन् । यदपी,कर्णालीमा उडान ठप्प भएका कारण नाम दर्ता गरेर भाग लिन आइसकेका विदेशी २० जना खेलाडी फर्किएका छन् ।

त्यस्तै ५ किलोमिटर दौडका लागि १ सय ५६ जना विद्यार्थीको नाम दर्ता भएको छ । भने ओपन ५ किलोमिटर दौडका लागि २ सय बढी खेलाडीको नाम दर्ता भएको छ । ओपन ५ किमी दौडमा जुम्लामा कर्मचारी,विद्यार्थी रहेका छन् ।

४९ किमी र ५÷५ किलोमिटर दौडमा गरेर ४ सय भन्दा बढी खेलाडीले जुम्ला–रारा अल्ट्रा म्याराथनमा भाग लिने क्लबले जनाएको छ । अल्ट्रा म्याराथन एक साहसिक अनुभव बटुल्ने खेल हो । विश्वकृतिमानी धावक हरीबहादुर रोकायाले भने,“जुम्लाको हाइअल्टीच्युटमा दौडिने खेलाडीले विश्वका जुनसुकै ठाउँमा सहजै दौडिन सक्छ । पछिल्लो समय म्याराथन प्रतिको क्रेज बढ्दो छ । तर आम नागरिक जनप्रतिनिधिहरुमा चासो जाँगर नहुँदा समस्या छ ।”

म्याराथनको ४९ किमी दौडमा प्रथम हुनेले एक लाख २५ हजार रुपैया नगद सहित मेडल,प्रमाण पत्र ट्रफि पाउने छ । भने, द्धितियले ६२ हजार ५ सय,तृतियले ३७ हजार ५ सय र सान्त्वना हुने ७ जनाले ३ हजार पाँच सय पपुरस्कार पाउने छन् ।

साथै, ५ किलोमिटर तर्फ प्रथमलाई १० हजार,द्धितियलाई ५ हजार र तृतिय हुनेलाई ३ हजार पुरस्कारको व्यवस्था गरिएको छ । भने ओपन ५ किलोमिटर खुला तर्फको प्रथमलाई ३ हजार, द्धितियलाई २ हजार र तृतियलाई १ हजार पुरस्कार दिइने कर्णाली स्पोट्स क्लवका अध्यक्ष सरोज शाहीले जानकारी दिए । म्याराथनलाई व्यवस्थित गर्न १२० जना स्वयमसेवक समेत परिचालन गरिएको छ ।

कनकासुन्दरीको १ नम्बरवडा सहआयोजक
जुम्लाका आठ स्थानीय तहका ६० वटा वडामध्य पहिलो वडाका रुपमा कनकासुन्दरी गाउँपालिका वडा नंं १ को कार्यालय यस जुम्ला–रारा अल्ट्रा म्याराथनको सह आयोजक बनेको छ । खेलको क्षेत्रको विकास र प्रर्बद्धनमा मौन स्थानीय सरकार सरोकारवालाका बीच पनि उदाहरणिय रुपमा कनकासुन्दरीको १ नम्बर वडा कार्यालय सहआयोजक बनी म्याराथन सफल पार्न जुटेको हो ।

जुम्ला–रारा अल्ट्रा म्याराथनका लागि वडाले झण्डै ४ लाख बजेट लगानी गर्ने नम्बर वडाध्यक्ष हरि बहादुर भण्डारीले बताए । उनले भने,“युवाहरुको खेल प्रति बढ्दो आर्कषर्णलाई मध्य नजरगरी खेल र पर्यटन प्रर्बद्धनका लागि वडाले सहयोग गरेको हो । खेलकुदको विषय तीनै तहको प्रथामिकतामा पर्नु पर्छ ।”

प्रतियोगितामा सहभागी भएर प्रथम,द्धितिय तृतिय लगायत उत्कृष्ट हुने कनकासुन्दरी १ नम्बर वडाका खेलाडीले मुख्य आयोजक क्लब र वडापालिकाबाट छुट्ै पुरस्कार समेत पाउने छन् । वडाले खेलाडीका लागि स्वागत प्रबेशद्धार तथा एम्बुलेन्सदेखि सहयोगीहरु पनि तयारी अबस्थामा छन् ।

जुम्लादेखि मुगु रारा ताल सम्मको ५ वटा चेक प्वाईन्टमा चिकित्सक सहितको टोली राखिने छन् । शनिवार विहान साढे ६ बजे उद्घाटन हुने तेस्रो म्याराथनका लागि मुख्यमन्त्री जीवन बहादुर शाही विहिबारनै आइपुगेको कर्णाली स्र्पोट क्लबका सहसचिव धनराज सुनाले बताए । उनका अनुसार म्याराथनको खर्च झण्डै ४० लाख बढी लाग्ने अनुमान गरिएको कर्णाली स्पोर्ट क्बलले जनाएको छ ।

प्रकाशित मिति : २०७८ चैत्र २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस