जुम्लामा भ्यान दुर्घटनाः१० जना घाईते

जुम्ला । जुम्ला तातोपानी गाउँपालिका वडा नं. २ स्थित बाबिरामा भ्यान दुर्घटना हुँदा १० जना यात्रु घाईते भएका छन् । जुम्ला सदरमुकामबाट नाग्म तर्फ जादै गरेको भे १ ज १२२० नम्बरको भ्यान दुर्घटना हुँदा भ्यानमा सवार १० जना यात्रु घाईते भएको डिएसपी नरेन्द्र चन्दले बताउनुभयो ।

उहाँका अनुसार घाईते १० जना लाईनै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपचारका लागि ल्याइएको छ । केही घाईतेको अबस्था गम्भीर रहेको छ । केहिको अबस्था सामान्य छ । स्पीडमा गएको भ्यान अनियन्त्रीत भई कर्णाली राजमार्गकोदेखि तल खोलामा खसेको थियो ।

प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाई सहित सुरक्षा निकायहरुको सहभागितामा घाईतेले अस्पालमा पुराइएको छ । तिव्र गतीमा आएको गाडी अनियन्त्रीत भएर खोलामा गएपछि बच्चा सहित १० जना घाईते भएको स्थानीय लोक बहादुर दमाईले जानकारी दिनुभयो । घाईतेको उपचार भईरहेको हाल सम्म कसैको मृत्यु नभएको प्रहरीले जनाएको छ । घाईतेको नाम ठेगाना खुल्न भने बाँकी छ ।

 

प्रकाशित मिति : २०७८ चैत्र २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस