
जुम्ला । जुम्लामा मंगलबार १३ औँ वनस्पति दिवस मनाइएको छ । वनस्पतिको अनुसन्धान र नवप्रवर्तन राष्ट्को उन्नयन भन्ने नाराका धिताचौर वनस्पति उद्यानमा दिवश मनाइएको हो । दिवशका अवसरमा नयाँ वर्षको २०७९ को शुभकामना आदान प्रदान तथा वृक्षारोपक्षण समेत गरिएको छ ।
वनस्पति विभागको ६२ औँ वार्षिक उत्सवका तथा १३ औँ वनस्पति दिवशका अबसरका वृक्षारोपक्षण कार्यक्रम पछि शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईले लोपउन्मुख वनस्पतिको अनुसन्धान तथा संरक्षणमा जोड दिनु पर्ने बताईन् । धिताचौर वनस्पति उद्यानलाई पिक्नीङ स्पोर्ट नभई पर्यटकिय स्थलका रुपमा विकास गर्नुपर्ने उल्लेख गरिन् ।
वनस्पतिको अध्यायन अनुसन्धान गर्ने ठाउँलाई पिक्नीङ स्पोर्ट बनाउनु उचित नभएको भन्दै स्थानीय सरकारको सहयोग समन्वयका धिताचौर वनस्पति उद्यानलाई आकर्षक पर्यटकिय गन्तव्य बनाउन तर्फ पहल गर्नुपर्नेमा जोड दिईन् ।

चन्दननाथ नगरपालिका १ का वडाध्यक्ष जयबहादुर रावत र गुठिचौर गाउँपालिका ५ का वडाध्यक्ष चन्द्र नेपालीले लोपउन्मुख वनस्पतिको अनुसन्धानमा वनस्पति कार्यालयले ध्यानदिनु पर्ने बताए । धिताचौरमा आन्तरिक पर्यटकको भिड बढ्दो भएकोले सुरक्षा व्यवस्था मजबुद बनाउनु पर्ने उनीहरुको सुझाब छ ।
वनस्पति अनुसन्धान केन्द्र जुम्लाका कार्यालय प्रमुख रमेश बस्नेतले हाल जुम्लामा ६१ प्ररकारका वनस्पतिको अनुसन्धान भईरहेको बताए । उनले भने,“वनस्पति मानव जीवनको अभिन्न अंग हो । वनस्पति अनुसन्धान केन्द्रले वनस्पतिको बैज्ञानिक पहिचान,नामाकरण,प्रशोधन तथा अनुसन्धानको काम गर्छ । जुम्लामा पाईने वनस्पतिको संरक्षण तथा अनुसन्धानमा जोड दिएका छौ ।”

सबैको साँझा सहयोगले धिताचौर वनस्पति उद्यानलाई वनस्पतिको अनुसन्धान स्थलका साथै आन्तरिक पर्यटकका लागि आकर्षक पर्यटकिय गन्तव्य बनाउन सकिने भएकोले आम सरोकारवालाको सहयोगको खाँचो रहेको उल्लेख गर्नु भयो ।
शुभकामना आदान प्रदान कार्यक्रमको सञ्चालन वनस्पति अनुसन्धान केन्द्र जुम्लाका तेज बहादुर दर्जीले गरेका थिए । वनस्पतिको संरक्षणका लागि प्रचार प्रशार तथा अनुसन्धानमा जोड दिनुपर्ने उनको भनाई छ ।



