जुम्ला ः नेपाली काँग्रेसका नेता राजुसिंह कठायतले जुम्लाको एक मात्र चन्दननाथ नगरपालिकामा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । पार्टीले मेयर पदको उम्मेदवारको टिकट नदिएपछि उनले मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
मेयर पदका स्वतन्त्र उम्मेदवार राजुसिंह कठायतले लामो समयदेखि पार्टीमा खटिएर लागी पर्दा पनि अन्तिममा पाँचौँ नम्बरमा रहेका उम्मेदवारलाई मेयर पदको टिकट दिएपछि स्वतन्त्र उम्मेदवार दिनु परेको उनले बताए । उनले भने ०७४ सालको स्थानीय तहको निर्वाचनमा मेयर पदको टिकट आफुलाई दिने भनेपनि अन्तिममा कान्तिका सेजुवाललाई दिइयो । यस पटक पनि उस्तै भयो । जुम्लाका नेतले निकै चलखेल गरेर अन्याय गरेपछि स्वतन्त्र दिनु परेको हो । गएको प्रदेशको निर्वाचनमा पनि कम्यूनिष्टसँग कसैको पनि लड्न दम नभएपछि मैले लड्नु प¥यो । उनले भने भलै मैले हारे ।
तर नेपाली कांग्रेस पार्टीले चन्दननाथ नगरपालिकामा अधिवक्ता पदम शाहीलाई मेयरको उम्मेदवार बनाएको छ । उपमेयरमा रामदेवि खड्कालाई उम्मेदवार बनाएको हो ।
मेयर पदका उम्मेदवार शाही कानुन व्यवसायी हुन् । यसअघि ०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट मेयरमा कान्तिका सेजुवाल र उपमेयरमा माओवादी केन्द्रबाट अप्सरा न्यौपाने विजयी भएकी थिइन् ।