नेकपा समाजबादीबाट चन्दननाथको मेयरमा जयलक्ष्मी चौलागाई, उपमेयरमा भीम थापा


जुम्ला ः नेकपा एकिकृत समाजबादी पार्टीबाट जुम्लाको एक मात्र चन्दननाथ नगरपालिकामा युवा नेत्री जयालक्ष्मी चौलागाईलााई मेयर पदको उम्मेदवारी दिएकी छन् । यस्तै उपमेयरमा युवा नेता भीम थापालाई उम्मेदवार रहेको छ ।
मेयर र उपमेयर पदका लागि पार्टीमा धेरै आकांक्षी भएपनि पार्टीले जयलक्ष्मी चौलागाईलाई मेयर र भीम थापालाई उपमेयरको उम्मेदवार बनाएको नेकपा समाजबादी पार्टीका अध्यक्ष तिर्थ बुढाले बताए ।
यसअघि ०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट मेयरमा कान्तिका सेजुवाल र उपमेयरमा माओवादी केन्द्रबाट अप्सरा न्यौपाने विजयी भएकी थिइन् ।

प्रकाशित मिति : २०७९ बैशाख १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस