जुम्लाको चन्दननाथमा ५२ पदका लागि २६८ जनाको उम्मेदवारी

जुम्लाको एक मात्र चन्दननाथ नगरपालिकामा ५२ पदका लागि २६८ जनाको उम्मेदवारी दिएका छन् । नगरप्रमुख, उप्रमुख, वडाध्यक्ष, दलित सदस्य, महिला सदस्य र खुला सदस्य गरी ५२ पदका लागि २६८ जना मध्ये ५४ जना महिलाको उम्मेदवारी दिएका हुन् ।
एक नगरप्रमुखका लागि ९ जना मध्ये एक जनाले उम्मेदवारी दिएका छन् भने एक नगर उपप्रमुखका लागि ८ जना मध्ये ६ जना महिलाले उम्मेदवारी दिएका छन् ।
यस्तै नगरपालिका १० वडामा विभाजित छ । १० वडाध्यक्षको पदका लागि ७० जना मध्ये ३ जना महिलाको उम्मदवारी परेको छ । नगरपालिकाको १० वडामध्ये सवै भन्दा बढी १० नम्बर वडामा १० जनाको उम्मेदवारी परेको छ । सवै भन्दा कम ६ नम्बर वडामा ४ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ ।
सदस्यमा १० वडाबाट ९४ जना मध्ये ४ जनाको उम्मेदवारी परेको छ भने महिला सदस्यमा ४७ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाका सहायक मुख्य निर्वाचन अधिकृत तोयानाथ उपाध्यायले बताए ।

प्रकाशित मिति : २०७९ बैशाख १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस