वडाध्यक्षमा हरि बहादुर खत्रीकाे स्वतन्त्र उम्मेदवारी : काे हुन हरि बहादुर खत्री  ?

जुम्ला । ताताेपानी गाउँपालिका वडा नं. ४ निवासी हरि बहादुर खत्रीले४ नम्बर वडाध्यक्ष पदका लागि आफ्नाे स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । लामाे समयदेखि माओबादी राजनीतिमा सक्रिय खत्रीलाई पार्टिले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारका रुपमा  खत्री निर्वाचनमा हाेमिएका छन् ।

२०५४ साल देखि निरन्तर माओवादी आन्दोलनमा सक्रिय हुंदै आएका खत्री  २०५४ साल फागुन १३ गते माओवादी आतंककारीका रुपमा राज्य पक्षले नियन्त्रणमा लिएपछि  ४५ दिन कैदी  जीवन बिताएका थिए ।

४५ दिनपछि निर्दोष सावित भइ जेलमुक्त भएका र पुन: पार्टी सिद्धान्तलाई आत्मसाथ गर्दै निरन्तर पार्टी ले चलाएको अभियान मा सक्रिय रहँदै आउनुभएको र २०५८ साल बैशाख महिना देखि पुनः माओवादी आतंककारी को बिल्ला भिराएर नजरबन्द गरि ८ महिना चरम यातना सहित तत्कालिन शाहि सेनाका बुटका निल डाम लाग्ने गरि  चोटहरु समेत सहेर माओेबादि पार्टिकै लागि अघि बढे ।

विभिन्न आराेह अवराेह नभनी  माओवादी आन्दोलनमा सक्रिय रहँदै आएका खत्रीले ०७४ को स्थानिय चुनावमा झिनो मतान्तरले पराजय भाेगेका थिए ।

२०७४ सालमा भाेग्नु परेकाे पराजयकाे पिडामा मलम लगाउन जनताकाे सेवा गर्ने अबसर दिनका लागि पार्टि नेतृत्व समक्ष अनुसाेध गर्दा गर्दै पार्टिले उपेक्षा गरेपछि बाध्य भएर आफुलाई वडाध्यक्षकाे स्वतन्त्र उम्मेदवारका रुपमा उभ्याएकाे खत्री कर्णाली पाेष्टलाई बताए ।

पार्टिकाे विचारलाई आत्मसाथ गर्दै स्वतन्त्र उम्मेदवार भएको र सम्पुर्ण तातोपानी गाउंपालिका वडा नं ४ का जनताले एक चोटी न्याय गर्ने छन् भन्ने आशा लिएको उनकाे भनाई छ । जनताकाे सेवा गर्ने मनदेखिकाे दृढ ईच्छा भएकाेले यश पटककाे निर्वाचनमा अमुल्य भाेट दिएर सहयाेग गर्न हुन ४ नम्बर वडाबासीमा उनले अनुराेध समेत गरेका छन् ।

प्रकाशित मिति : २०७९ बैशाख १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस