जुम्ला ः जुम्लाको चन्दननाथ नगरपालिकामा आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एकिकृत समाजवादी पार्टी, राप्रपा र स्वतन्त्र उम्मेदवार राजुसिंह कठायत बीच चुनावी तालमेल गरिएको छ । राप्रपाले नगरपालिकाको मेयर उपमेयरको उम्मेदवारी फिर्ता लिएको छ भने समाजबादीले मेयरको उम्मेदवारी फिर्ता लिएपछि उनीहरुबीच तालमेल भएको भन्ने बुझिएको छ ।
समाजवादीबाट मेयरमा उम्मेदवारी दिएकी जयलक्ष्मी चौलागाई, उपमेयरमा राप्रपाका पूर्णसिंह कठायत र उपमेयरमा गिता शाहीले उम्मेदवारी दिएका थिए ।
तालमेल भएपछि मेयरमा स्वतन्त्र उम्मेदवार राजुंिसह कठायत र उपमेयरमा समाजबादीका भीम थापाको उम्मेदवारी रहेको छ । समाजवादी पार्टीका केन्द्रीय सदस्य देविलाल थापाले समाजवादी, राप्रपा र स्वतन्त्र उम्मेदवार बीच नगरपालिकामा तालमेल भएको बताए ।
यता राप्रपा अध्यक्ष बेदबहादुर शाहीका अनुसार नगरपालिकाको ४ नम्बर वडामा मात्रै चुनावी तालमेल भएको हो । हामीले वडाध्यक्ष पाउने भएपछि तालमेल भएको हो ।
चन्दननाथ नगरपालिकाको मेयरमा काँगेसका पदमबहादुर शाही, माओवादीका जीवन बुढ्थापा र एमालेका धर्मेन्द्र रोकायाले उम्मेदवारी दिएका छन् भने उपमेयरमा काँगे्रसकी रामदेवि खड्का, एमालेकी मेनका रेग्मी र माओवादीकी पूर्णिमा विकले उम्मेदवारी दिएकी छन् ।
चन्दननाथ नगरपालिकामा ५२ पदका लागि २६८ जनाको उम्मेदवारी परेकोमा ३४ जनाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ ।
चन्दननाथमा समाजवादी, राप्रपा र स्वतन्त्र उम्मेदवार बीच चुनावी तालमेल
प्रकाशित मिति : २०७९ बैशाख १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस