जुम्ला । ताताेपानी गाउँपालिका वडा नं. ६ निवासी दल बहादुर खड्काले भ्रष्टचारमुक्त समाज समुदाय निर्माणदेखि शिक्षा स्वास्थ्य राेजगारीकाे सुनिश्चिताका लागि वडाध्यक्षमा आफ्नाे स्वतन्त्र उम्मेदवारी दिएकाे बताए ।
विगत लामाे समयदेखि माओेबादी पार्टिमा आबद्द भएका खड्काले यश पटक पनि पार्टिले टिकट नदिएपछि वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।
लामाे समयदेखि समाज सेवामा सक्रिय खड्काले आफ्नाे स्वतन्त्र उम्मेदवारी जनताकाे जनचाहाना अनुसारनै भएकाे उनकाे भनाई छ । समुदायका समस्याकाे पहिचान र समधानका लागि अनवरत खठ्ने समेत उनकाे अठाेट छ ।
यसैबिच तातोपानी गाउँपालिका वडा नम्बर ६ का स्वतन्त्र उम्मेद्वारले गत साता आफ्नो चुनावी घोषणा पत्र सार्बजनिक गरेका छन् ।
जसमा विकास निर्माण,स्वास्थ्य शिक्षामा जाेडदेखि भ्रष्टचारमुक्त समाज निर्माणमा जाेड दिने उल्लेख गरिएकाे छ ।
घोषणापत्रमा शिक्षा, संचार तथा प्रबिधी ,स्वास्थ्य, रोजगारी, कृषी, प्रयटन, मानबअधिकार लगायत ६ वटा सुचकसहित घोषणापत्र सार्बजनिक गरेका छन् । खड्का २०४९ सालदेखि मसालबाट राजनितिमा सकृय छन् ।
चुनाव चिन्ह लाैराेमा एक पटक आफ्नाे अमुल्य भाेट दिएर सेवा गर्ने माैका दिन समेत खड्काले आम ६ नम्बर वडाबासीमा अनुराेध गरेका छन् ।
यस्ताे छ वडाध्यक्षका स्वतन्त्र उम्मेद्वार खड्काकाे घाेषणा पत्र: 



