संघिय बजेटको उपेक्षामा कर्णाली राजमार्ग र जुम्ला अस्पताल

जुम्ला ।  संघिय सरकारको बजेटमा कर्णालीको जीवनरेखा मानिने कर्णाली राजमार्ग र मुलुकै भरोसा केन्द्रका रुपमा विकसित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई उपेक्षा गरिएको छ । आगामी आवमा २०७९÷८० का लागि जेठ १५ गते अर्थमन्त्री जनार्दन शर्माले राजस्व र व्ययको वार्षिक अनुमानसहितको १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट सार्वजानिक गरे । जस अन्तरर्गत मुलुकका सातै प्रदेशका विशेष महत्वका आयोजना र ७ सय ५४ स्थानीय तहका विभिन्न योजना बजेटमा समेटीएका छन् ।

तर पश्चिम नेपालकै स्वास्थ्य क्षेत्रको भरोसा केन्द्र,मेडिकल हबका रुपमा विकसित हुदैँ गरेको कर्णाली प्रतिष्ठान र कर्णालीको जीवन रेखा तर स्तरबृद्धि अभावले मृत्युमार्गका रुपमा प्रचित कर्णाली राजमार्ग संघिय बजेटमा नसमेटीनु अन्यायपुर्ण भएको कर्णालीबासीको गुनासो छ ।

२०६८ सालमा स्थापना भई कर्णालीका १० जिल्ला सहित सुदुरपश्चिमका ३ गरी १३ जिल्लामा विशषज्ञ सेवा दिनुका साथै एमविविएस,एमडी,एमएस,विएनएस लगायतका १० वटा कार्यक्रम सञ्चालन गरेको कर्णाली स्वास्थ्य विज्ञानलाई बजेटमा उपेक्षा गरिएको छ ।

साथै २०६१÷६२ सालदेखि सञ्चालनमा आएको सुर्खेत बांगेसिमल देखि जुम्ला खलंगा सम्म २३२ किमी दुरीको कर्णाली राजमार्गलाई बजेटमा उपेक्षा गर्नुनै अझै कर्णालीबासीलाई यात्राका नाममा मृत्यु स्वीकार्न लगाउनु हो ।

नागरिक अगुवा राजबहादुर महत भन्छन,“कर्णाली राजमार्गमा बजेट नछुटाउनु र कुनै ठोस नीतिनै नल्याउनु सवारी दुर्घटनामा परी नागरिकले अकालमै ज्यान गुमाउनु पर्ने विद्यमान स्थिती माथिको निर्मम नजर अन्दाज हो । अझै राज्यले यात्राका नाममा कर्णालीका नागरिकलाई मृत्यु सहन बाध्य बनाएको छ ।”

कर्णालीका नागरिकको दैनिकी संग मात्र जाडिएको विषय नभई कर्णालीको पर्यटन प्रर्बद्धन,आयात निर्यात,सहज यात्रा र आर्थिक समृद्धी संग जोडिएको कर्णाली राजमार्गलाई संघिय सरकारले अझै सौतेनी व्यवहार देखाएको प्रति नागरिक अगुवा महतले आपत्ती व्यक्त गर्नुभयो ।

कर्णालीकै अर्थमन्त्री हुँदा पनि कर्णाली प्रतिष्ठान र कर्णाली राजमार्ग बजेटमा नसमेटीनु विडम्बनाको कुरा हो । पूर्वराज्य मन्त्री बहादुर महत भन्छन,“सिटामोल नपाईने कर्णालीमा विशषज्ञ स्वास्थ्य सेवा देखि डाक्टर पढाई शुरु भएको छ । भवन अभावले भाडाकै घरमा प्राध्यापकहरु बस्न बाध्य छन् । विशेष बजेटको अपेक्षा गरे पनि कर्णालीकै अर्थमन्त्रीले उपेक्षा गरे ।”

कर्णाली राजमार्गलाई वर्षौपहिले डबल लेनको निर्माण गर्ने निर्णय भएको थियो । भने स्वयम आफै डेलिकेसनमा गएको महतले बताउनुभयो । उनले थप्नुभयो,“कर्णाली राजमार्ग र कर्णाली प्रतिष्ठानमा केकति कारणले बजेट छुटाइएन् ? विशेष बजेटको माग सहित अर्थमन्त्रीको ध्यानर्कषण गराउन डेलिकेसन जाने तयारी छ ।” प्रतिष्ठानका पूर्व रजिष्टार विश्वराज काफ्लले पनि बजेटमा प्रतिष्ठानलाई उपेक्षा गर्नुलाई प्रतिष्ठानलाई सकाउने खेल भएको प्रतिक्रिया दिनुभएको छ ।

संघिय सांसद गजेन्द्र बहादुर महतले कर्णाली प्रतिष्ठानमा नियमित बजेट आइरहने बताउनुभयो । समग्रमा कर्णाली र जुम्लाको लागि बजेट सन्तोषजक रहेपनि कार्यान्वयनमा चुनौती देखिएको उहाँको भनाई छ ।

यदपी बजेट बक्तव्यको बुदाँ नंं १७० मा वुटवल मेडिकल कलेज,लुम्बिनी प्रादेकि अस्पताल,सुर्खेत मेडिक कलेज,कर्णाली प्रदेश अस्पताल,कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान । चौरजहारी सामुदायिक अस्पताल, गेटा मेडिकल कलेज र सेती तथा महाकाली अस्पताल बीचको सहकार्यमा विश्व विद्यालय अन्तरर्गत मेडिकल कलेज सञ्चालन गर्ने व्यवस्था मिलाईने छ, भनी उल्लेख छ । भने कर्णाली राजमार्गको कुरा कतै उल्लेख छैन् ।

 

प्रकाशित मिति : २०७९ जेष्ठ १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस