जुम्ला । जुम्लाका प्रतिनिधिसभा सांसद गजेन्द्रबहादुर महतले तिला हाईड्राेदेखि गुठिचाैर परियाेजना,करेसाबारी लगायतका कुनै पनि विकास आयाेजना र क्षेत्रसंग आफ्नाे प्रत्यक्ष संलग्नता नरहेकाे बताएका छन् ।
बेला बेला तिला हाईड्राेदेखि गुठिचाैर परियाेजना,करेसाबारी र ताताेपानीकाे घेरबारका विषयमा आफुलाई पार्टि भित्रकै मान्छे र बाहिरबाट आराेप लाग्ने गरेकाे भन्दै जनताकाे हितका लागि लगानी गरेकाे तर समयै काम सम्पन्न नहुनु,आर्थिक अनियमितता भएकाे भन्ने निराधार कुरा मेराे संलग्नता नरहेकाे स्पष्ट पारेका हुन् ।
बुधबार गृह जिल्ला जुम्लामा पत्रकार सम्मेलन मार्फत सांसद महतले आफुले हाल सम्म गरेका काम,लगानी र आफुप्रति तेस्रीएका प्रश्नहरुबारे स्पष्ट गरे ।
तिला हाईड्राे
तिला हाईड्राे तिला गाउँपालिकाकै सहमतिमा निर्माण थालिएकाे हाे । संसद विकास काेषकाे ३ वर्षकाे बजेट पनि लगानी गरेकाे हुँ । पछि बजेट नआएमा, काम अधुराे भएमा,पालिकाले लगानी गर्ने र पुर्णता दिने भन्ने निर्णय गरेरै तिलामा १ मेगावाट क्षामताकाे हाईड्राेपावर निर्माण थालिएकाे सांसद महतले बताए ।
उनले भने,”उक्त बजेट सिधै पालिकाकाे खातामा जान्छ । मैले चेक बनाउने हैन् । ठेक्का लगाउने काम अनुसारकाे भुक्तानि दिने काम पनि पालिकाकै हाे । तिला गाउँपालिले जस्ताेसुकै कठिन परिस्थितिमा पनि वत्ति निकाल्छाै भनेकाेले लगानी गरेकाे हुँ । त्याे बजेट सुग्न,देख्न चाख्न केही पाउदिन । तर पनि मेराे आर्थिक अनियमितता संग मेराे नाम जाेडिन्छ । अहिले लगानीनै गर्नु गलत रैछ भन्ने लागेकाे छ । आर्थिक लेखाजाेखा सम्बन्धीत पालिका संग माग्दा हुन्छ ।”
आफू जितेर गईसकेपछि जुम्लामा राष्टि्य प्रशारण लाईन पुराउनु ,मध्य पहाडी लाेकमार्गबाट छिटाे जुम्ला पुग्ने फाष्ट ट्रयाक निर्माणलाई प्रथामकिता दिएकाे बताए । अहिले जुम्ला राष्टि्य प्रशारण लाईन पनि पुग्याे । फाष्ट ट्रयाक पनि बन्दै छ । अन्य साना तिला जनताका आबश्यकतामा लगानी गर्दै आएकाे छु ।
तिला हाईड्राेमा तीन वर्षकाे संसद विकास काेषबाट करिब ११ करोड लगानी भईसकेकाे छ । अहिले काम अधुराे छ । बाँकी काम तिला गाउँपालिकानै गर्नुपर्छ । किन कि हिजाे लगानी गर्नुपहिले आयाेजनालाई पुर्णता दिन पालिका तयार छ भनेर निर्णय भएकाेले तिला हाईड्राे पालिकालनै टुङ्ग्याउनु पर्ने सांसद महतले जानकारी दिए ।
३ वर्षमा लगानी भएकाे करिब ११ कराेड तिला गाउँपालिका मार्फतनै खर्च भएकाले आर्थिक बिषयमा आफु निकै टाढा रहेको त्याे रूपया देख्न सुग्न चाख्न केही नपाएकाे बताउनुभयो । सो हाईड्रोमा भने मेशिन खरिदका लागि जिम्मा दिएको कम्पनीले चीनबाट मेशिन ल्याउने भएकाले ढिलाई भएको बताउदै बाढीले केही समस्या ल्याएको पत्रकारहरु लाई जानकारी दिनुभयो ।
पत्रकार भेटघाटमा सांसद महतले मेरो केही कमजोरी थियो भने ठोस योजनामा सवै लगानी गर्नु थियो तर बनेर छोड्छ, गाउँपालिकाले बनाउनु राम्रो हुन्छ । किनकी गाउँपालिकाले बनाउछु भनेर हस्ताक्षर गरेको उनकाे भनाई छ ।
गुठिचाैर परियाेजना
गुठिचाैर बहुउदेश्यीय परियाेजना विगत २०६७ साल तिर परिकल्पना गरिएकाे आयाेजना हाे । जिल्लाका सबै राजनीतिकाे दलकाे सहमतीमा गुठिचाैरलाई पर्यटकिय हब बनाउन ताल बनाउने,विधुत निकाल्ने,विधालय संचालन गर्ने उदेश्यका साथ गुठिचाैर बहुउदेश्यीय परियाेजना अघि बढाईएकाे हाे ।
सांसद महतले पत्रकार सम्मेलनमा भने”शुरु काम गर्याै । पछि बजेट आउला साेच्याै बजेट ल्याउन पावर चाहिदाे रहेछ । नीति तथा कार्यक्रम र बजेटमै परियाेजना पर्नु पर्ने रहेछ । त्यस विषयमा हामी सबै दल अनविज्ञ भयाै । पछि बजेट नआएपछि गुठिचाैर परियाेजना अलपत्र भयाे । त्यहाकाे कामकाे भुक्तानि अझ बाँकि छ । त्यहा कसरी मैले भ्रष्टचार गरे ? सबै दलकाे सहभागिता छ । यर्थात यस्ताे हाे ।”
अहिलेकाे गुठिचाैर जाने सडक उक्त गुठिचाैर परियाेजनाबाटै निर्माण गरिएकाे हाे । गज्याकाेटकाे शंकर बहुदेश्यिय मावि गुठिचाैरबाट तल झारिएकाे हाे ।
करेसा बारी
सांसद गजेन्द्र बहादुर महतलाई करेसाबारीकाे जग्गा भवन दुरुपयाेग गरेका विषयमा आराेप लाग्ने गरेका छन् । तर उक्त आराेपकाे बुधबार पत्रकार सम्मेलन मार्फत सांसद महतले खण्डन गरेका छन् ।
करेसाबारीका विषयमा सांसद महत भन्छन,”माओबादी पार्टि द्दन्द्दबाट शान्ति प्रक्रियामा आईसकेपछि पार्टि कार्यालयका लागि जग्गा माग्याै । सबै दलकाे सहमतिमा करेसाबारी दिईयाे । हामीले करेसा बारीलाई सहकारिका रुपमा अघि बढाउने तयारी गर्याै । किन कि,तत्कालिन सरकारले सहकारीलाई वार्षिक १ लाख बजेट दिन्थ्याे । सहकारीकाे परिकल्पना गरि करेसाबारि संचालन गरेपनि पछिल्ला सरकारले बजेट दिन छाेडेपछि अलपत्र भयाे ।”
साथै हामीले विभिन्न सहकारी र निकायलाइ भाडामा दिने पनि प्रयास गर्याै चित्त बुझ्दाे नमानेपछि अहिले करेसाबारीका केही भवन खाली छ । कहि भाडामा र केही पार्टि कार्यालय छ । अनि करेसाबारिकाे आम्दानि कहाँ ? कसरी अनियमितता भयाे निराधार जुट्टा आराेपका पछि नलाग्न उनकाे आग्रह छ ।
ताताेपानी घेराबार
जनताकाे माग र आबश्यकता अनुसार ताताेपानी २,४ र ६ का नागरिककाे आयआर्जन बृद्दि गर्ने लक्ष्यले घेराबार,लिफ्ट सिचाई र ट्यांकि निर्माणका लागि १ कराेड लगानि गरेकाे सांसद महतले बताए । झण्डै ५ किलाेमिटर घेराबार निर्माण भएकाे छ । भने ट्यांकि बनेका छन् लिफ्ट सिचाई संचालनमा आएकाे छ । तर अन्तमा काेल्ड स्टाेर निर्माणका विषयमा केही विबाद आएकाे छ ।
जनताका लागि केही गर भनेर लगानी गरेकाे हु त्यस विषयमा पनि मेराे नाम जाेड्नु पर्ने आबश्यक नरहेकाे उनकाे भनाई छ । कसरी बजेट खर्च भयाे,किन नीजि जग्गामा काेल्डस्टाेर बन्याे,भुक्तानि किन राेकियाे यी सबै विषय मेराे क्षेत्रभन्दा बाहिरका हुन् । मैले लगानी गरेकाे हु ।
पत्रकारहरुले गरेका थुप्रै प्रश्नहरु मध्य । सांसद महत तपाईले धेरै काम गर्न खाेज्नु भयाे,लगानी पनि गर्नु भयाे तर आफ्ना कार्यकर्ताकै कारण असफल हुनु भयाे नि ? भन्ने प्रश्नमा भने माैन उत्तर दिए । यदपि अन्य प्रश्नमा मा सांसद महतले स्पष्ट पारे । आराेप लगाउनेले प्रक्रिया बुझ्न प्रमाण सहित आउन चुनाैति समेत दिए ।
नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले जुम्ला र कर्णालीकाे आवाज संसदमा बुलन्द गर्ने सांसद महतलाई २० ओै वर्षदेखि स्टेञ्जरमै काम गरिरहेका कर्णालीका पत्रकारबारे पनि संसदमा आवाज उठाईदिन अनुराेध गरे



