
जुम्ला । गायक तिर्थ परियारले आफ्ना दर्शक माझ फेरि अर्काे नयाँ सांगितिक काेसेली पस्कीन लागेका छन् ।
दर्जनबढी गित गाईसकेका गायक तिर्थले यश पटक जुम्ला ताताेपानी गाउँपालिकाकाे विषयमा गित बजारमा ल्याउदैछन् ।
‘ताताेपानी पर्यटन ठाउँ’ रेलिमई बाेलकाे गितकाे रेर्कडिङ सकिएकाे गायक तिर्थ परियारले बताए ।
ताताेपानी ३ का मणिकृष्ण उपाध्यायकाे लय र शब्द रहेकाे गितमा चर्चित लाेक देउडा गायिका निरुता खत्री र आफ्नाे स्वरमा गित रेर्कड फाईनल भएकाे तिर्थले कर्णाली पाेष्टलाई जानकारी दिए ।
उनका अनुसार मारुनी डिजिटल रेकर्डिङ स्टुडियोमा गित रेर्कड भएकाे हाे । भने गितकाे एरेन्ज केशव बडुले गरेका छन् ।
ताताेपानीकाे धार्मिक,एतिहासिक र प्राकृतिक पर्यटकिय स्थलकाे प्रर्बद्दन तथा प्रचार प्रशारका लागि गित तयार भएकाे छ । याे गित निर्माणका लागि ताताेपानी गाउँपालिकाले सहयाेग गर्ने तिर्थले उल्लेख गरे ।
यश गितकाे माेडलमा ताताेपानी ३ कै डिल्ली प्रसाद उपाध्यायले माेडलिङ गर्ने छन् । गित छिट्टै बजारमा आउन लागेकाेले माया गर्दिन समेत गायक गायिकाले दर्शकलाई अनुराेध गरेका छन् ।
जुम्लाकाे सामान्य परिवारबाट लामाे संघर्ष र मेहनत गरेर गायन क्षेत्रमा भविष्य चुम्दै गरेका गायक तिर्थले यश अघि पनि थुप्रै चर्चित लाेक देउडा गित बजारमा ल्याईसकेका छन्।




