जुम्ला । किर्डाक नेपालद्धारा संचालित परियोजनाको संयुक्त अनुगमन गरिएको छ । आइतबार किर्डाक नेपालको आयोजना तथा सम्बन्धीत पालिकाको समन्वयमा तिला,तातोपानी र पातारासी गाउँपालिकामा संयुक्त अनुगमन गरिएको हो ।
वल्र्डभिजनको आर्थिक सहयोग तथा किर्डाक नेपालको जुम्लाको साझेदारीमा संचालित (एकिकृत पोषण तथा उत्थानशील जीविकोपार्जन) परियोजना मार्फत स्थानीय तहमा भएका विभिन्न गतिविधिको अनुमगन गरिएको छ ।
जस अन्तरर्गत तिला १ को रारा लिहिमा ३ महिने ढाँका बुनाई एक महिने खरायोको टोली बुन्ने तालिम संचालन भएको पाइएको छ । तालिमबाट स्थानीय महिलाहरुले सिप सिकिरहेका छन् । तालिम पश्चात महिलालाई प्रविधि समेत हस्तान्तरण गरिने किर्डाकका कार्यक्रम अधिकृत श्रीबहादुर भण्डारीले बताए । उनका अनुसार परियोजना मार्फत स्थानीयको पोषण स्थितीमा सुधार ल्याउने,आम्दानी बढाउने मुख्य उदेश्य हो । साथै परियोजना मार्फत लाभान्वित स्थानीयलाई समेत व्यवसायीक योजना निर्माण सम्बन्धी तालिम दिइएको छ ।
साथै तिलाका झण्डै १ सय जना कोभिड प्रभावितलाई व्यवसाय उत्थानका लागि सहयोग गरिएको छ । जसमध्य ३२ जनालाई मात्रै भेडाबाख्रा पालन सम्बन्धी सहयोग गरिएको छ । खुद्रा पसल,फर्निचर उद्योग,तरकारी अन्नबाली खेती तथा भण्डारको सामग्री समेत हस्तान्तरण भई प्रयोगमा आएको अनुगमनमा भेटिएको छ । रारा गाउँमा थ्रेसर मेसिन पुर्ण प्रयोगमा ल्याएको मेसिन अन्न भण्डारमा धेरै सहज भएको समेत स्थानीयले बताएका थिए ।
जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले गरिब विपन्न दलित एकल महिलाको जीवीकोपार्जनमा सुधार ल्याउन,आय बढाउन उत्पादन बृद्धि गर्न किर्डाकले उल्लेखीय काम गरेको बताए । किर्डाकले गर्ने हरेक कामलाई संख्यात्मक भन्दा गुणात्मक बनाउनु पर्ने उनको भनाई ।
विपन्न महिलाहरु किर्डाकको सहयोगबाट व्यवसायीक कुखुरापालक,भेडा बाख्रा पालक व्यसायीक किसान समेत बनेका छन् । यसका पातारासी तर्फ पनि परियोजना अन्तरर्गतका विभिन्न गतिविधिको अनुगमन गरिएको छ । सोमबार अनुगमनमा भेटेका गतिविधिबारे जिल्ला परियोजना सल्लाहरका समिति डिप्याक्टको बैठक बसी समिक्षा हुने भएको छ ।