एकिकृत समाजबादि जुम्लाकाे अध्यक्षमा आदि प्रसाद न्याैपाने निर्विराेध चयन

जुम्ला । एकीकृत समाजबादी जुम्लाकाे अध्यक्षमा आदि प्रसाद न्याैपाने सर्वसहमत चयन भएका छन् । जिल्लाम आयाेजित अगुवा कार्यकर्ता तथा जिल्ला भेलाबाट न्याैपाने अध्यक्षमा निर्विराेध अध्यक्षमा चयन भएका हुन् । यश अघि पार्टिकाे सचिव पदमा कार्यरत तथा पार्टिकाे संगठन विस्तारमा लागि परेका न्याैपानले नेकपा एस जुम्लाकाे अध्यक्ष बनेका हुन् ।
साथै उपाध्यक्षमा रतन बहादुर रोकाया,उपाध्यक्षमा पदम बहादुर बुढा, सचिवमा शंख बहादुर रोकाया,उपसचिवमा टेक प्रसाद धिताल र उपसचिवमा मैना शाही चयन भएका छन् ।

अध्यक्ष लगायत पदाधिकारीकाे मंगलबार विहान पद तथा गाेपनियताकाे सपथ ग्रहण भएकाे छ । एकीकृत समाजबादी पार्टिका जुम्ला ईन्चार्ज देविलाल थापाले नवनिर्वाचित पदाधिकारीलाई सपथ ग्रहण गराउनु भएकाे हाे ।

नवनिर्वाचित अध्यक्ष आदीप्रसाद न्याैपानले आगामी दिनमा व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर पार्टिलाई बलियाे बनाउन संगठन विस्तार गर्न लागि पर्ने बताए । नेकपा (एस) पार्टिलाई जुम्लाकाे पहिलाे शक्ति बनाउन कसरत गर्ने उनकाे भनाई छ । उनले भने,” सांगठित रुपमा बलियाे बनाउन समेत लागि पर्ने छाै । पार्टि बनाउने कुरामा सधै कटिबद्द हुन्छाै । सबै साथ सहयाेग रचनात्मक सुझावकाे अपेक्षा गर्दछाै ।”


एकीकृत समाजबादी पार्टि जुम्लाका ईन्चार्ज देविलाल थापाले नयाँ निर्वाचित अध्यक्ष लगायतका पदाधिकारी बधाई दिए । नयाँ पदाधिकारिलाई पार्टि बलियाे बनाउने संगठन सुदृढ गर्ने ठुलाे जिम्मेवारि प्राप्त भएकाे बताए । समाजबादि पार्टिलाई जुम्लाकाे मुल पार्टि बनाउन तर्फ उन्मुख हुन समेत नयाँ नेतृत्वलाई सुझाब दिए । लामाे समय देखि पार्टिले नयाँ नेतृत्व नपाएकाे गुनासाे आएपछि छलफल गरि नयाँ नेतृत्व चयन गरिएकाे हाे ।

उनले भने,”पार्टि निर्माण र सुदृढिकरण गर्नु पर्ने दाेहाेराे जिम्मेवारी छ । पार्टिलाई विधि पद्दती अनुसार दुर्त गतिमा अघि बढाउन जरुरी छ । पार्टि प्रतिघात अन्तरघात गर्नेलाई अब ठाउँकाे ठाउँमै कारबाहि गरिने छ ।” आगामी निर्वाचनमा उल्लेखिय मत ल्याउने गरि पार्टि निर्माण तथा संगठन विस्तारमा जुट्न जरुरी रहेकाे उल्लेख गरे ।

सपथ ग्रहण कार्यक्रममा कर्णालीका एस पार्टिका नेता तथा कार्यकर्ताकाे सहभागिता थियाे

 

प्रकाशित मिति : २०७९ भाद्र १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस